Date
सोम, असार १, २०८३
Mon, June 15, 2026

मधेशको बिकास बिना देशको बिकास हुँदैन : अध्यक्ष ओली

spot_img
spot_img

वीरगंज । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेश विकास विना देशको विकास सम्भव नरहेको बताएका छन् ।

वीरगंजमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (एमाले) को मधेश प्रदेश कमिटिकाे सपथग्रहण समारोहलाई सम्बोधन गर्दै ओलीले उद्योग, व्यापार, पर्यटन, धार्मिक पर्यटनको कन्द्रको रुपमा रहेको मधेशलाई अझै पछाडि पार्ने हो भने हामी अगाडि बढ्न नसक्ने बताए । उनले मधेशको विकास नभए देश अगाडि बढ्न नसक्ने भन्दै यसको लागि नेकपा एमाले बाहेक अन्य पार्टीको विकल्प नरहेको बताए ।

लोकतन्त्र, सामाजिक समानता, सार्वभौमसत्ताको लागि हामीले संघर्ष गरेको स्मरण गराउँदै यस लोकतान्त्रिक प्रणालीलाई सही ढंंगले प्रयोग नगर्ने हो भने यसको कुनै अर्थ नरहने अध्यक्ष ओलीको भनाई थियो । उनले लोकतन्त्र व्यवहारिक रुपमा संचालन हुन सकेको छैन, यो सरकारलाई असंवैधानिक भनेर अदालतले पटक पटक फैसला पनि गरिसकेको बताए । सम्मानीय अदालतले प्रधानमन्त्री, राष्ट्रपतिले देशमा मनपरीतन्त्र चलाएको भनेर फैसला पनि गरि रहँदा लाज पचाएर बसेको आरोप लगाए ।

अदालतले संवैधानिक काम गर्न पटक पटक भन्दा पनि यस सरकारले नटेरेको उनको भनाई छ । यस सरकारले अपराधिक तत्वहरुलाई संरक्षण गरि रहेको भन्दै यही सरकारले अपराधी छाडेपछि गुल्मीमा एकजनाले आत्महत्या गरेको स्मरण गराए । अध्यक्ष ओलीले कतिपय स्थानमा जनता आतँकित छन्, विभिन्न समयमा यो अदालतले यो सरकारको असंवैधानिक गैर कानूनी फैसलालाई गलत ठहर गरि रहँदा पनि आफ्नो मनपरीतन्त्रलाई नरोकेको बताए ।

वर्तमान अवस्थामा मुलुकमा जथाभावी अराजकता फैलि रहेको छ, मनपरीतन्त्र बढेको छ, अपराधिक क्रियाकलापहरु बढ्दै गएको उनको भनाई छ । सरकार त्यस्ता तत्वहरुलाई कारवाही गर्नुको साथै संरक्षण गरेर बढावा दिई रहेको अध्यक्ष ओलीको आरोप छ । उनले सरकार राष्ट्रिय एकतालाई खलबल्याएर धार्मिक, क्षेत्रीयता, जातीयताका नारा दिएर भित्रभित्रै उचाल्ने काम गरि रहेको र पहिचानको राजनीति भन्दै एकता विरोधी राजनीति गरि रहेको बताए ।

उनले दुई वर्ष अगाडि नेकपा एमालेले सरकार चलाउँदा अर्थतन्त्रमा विश्वसामु धेरै राम्रो परिणाम ल्याएको दाबी गरे । उनले विश्वमा सबैभन्दा छिटो विकास गर्ने १० वटा देशभित्र हाम्रो देश परेको भन्दै अर्थतन्त्रमा पनि सुधार आएको दाबी गरे । पुनः निर्माणमा पनि नेकपा एमालेको सरकार सफल रुपमा काम गरेको भन्दै अहिलेको सरकार देशको विकास भन्दा पनि राष्ट्रिय एकतालाई खलबल्याएर धार्मिक, जातीय नारा दिएर सामाजिक सद्भाव विगार्ने राजनीति गरि रहेको आरोप लगाए ।

पार्टीको मधेश प्रदेशका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका सचिव एवं मधेश प्रदेशका इन्चार्ज योगेश भट्टराई, कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठ, पूर्व मन्त्री ज्वाला साह, जुली महासेठ, नेकपा एमाले पर्साका इन्चार्ज अच्यूत मैनाली ,नेकपा एमाले मधेश प्रदेश कमिटीका निर्वतमान अध्यक्ष रामअवतार यादव ,नेकपा एमाले पर्साका अध्यक्ष डा. बिश्वम्भर शर्मा लगायतकाे सहभागिता रहेकाे थियाे ।

वीरगंज नगर सभा गृहमा भएकाे कार्यक्रमको संचालन प्रदेश सचिव मनोज पौडेल र स्वागत मन्तब्य उपाध्यक्ष बिचारी यादवले ब्यक्त गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा जुवा अखडा माथि प्रहरीको छापा, १२ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिका–२ स्थित श्रीपुर बजारबाट जुवा खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार श्रीपुर...

महिला सशक्तीकरण : प्रगतिशील र सफल समाजको आधारशिला

कुनै राष्ट्रको वास्तविक प्रगति केवल आर्थिक वृद्धि, प्रविधिगत विकास वा विश्वव्यापी प्रभावबाट मात्र मापन हुँदैन; त्यसको मापन त्यहाँका महिलाको अवस्था, सम्मान, अधिकार र सशक्तीकरणबाट...

सरुवा भएको एक वर्ष बित्दा पनि दरबन्दीमा गएनन् बरिष्ठ सई मेगजन लामा

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत बरिष्ठ प्रहरी नायब निरीक्षक (बरिष्ठ सई) मेगजन लामा सरुवा भएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि आफ्नो...