Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कालिकामाईमा “राष्ट्र निर्माणमा युवाकाे भुमिका” बिषयक वक्तृत्वकाला

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकामा शुक्रबार “राष्ट्र निर्माणमा युवाकाे भुमिका” बिषयक वक्तृत्वकाला प्रतियाेगिता सम्पन्न भएकाे छ ।

कालिकामाई गाउँपालिकाकाे सहयाेग र कालिकामाई युवा समाजकाे आयाेजनामा भएकाे प्रतियाेगिता सम्पन्न भएकाे हाे । 

दिव्य कन्या माद्यमिक विद्यालय बिरन्चीबर्वामा भएकाे प्रतियाेगितामा जनता मावि मुडलीका रुकशाना खातुन प्रथम, श्री सुकई साह मावि भेडिहारीका राज चाैरसिया द्वितिय र कन्या मावि बिरन्चीबर्वाकी राधिया कुमारी तृतिय भएका हुन् ।

प्रतियाेगितामा सन्तावना पुरस्कार नेरा मावि कट्टी बलुवाकी निलम कुमारीलाई प्रदान गरिएकाे युवा समाजका काेषाध्यक्ष बुलेट तिवारीले जानकारी दिए । । 

कालिकामाई युवा समाजका अध्यक्ष आकाश चाैरसियाकाे अध्यक्षतामा भएकाे प्रतियाेगिताकाे उद्घाटन कालिकामाई गाउँपालिकाका अध्यक्ष बशिष्ट कुमार गुप्ताले गरेका थिए ।

कार्यक्रमका बिशिष्ट अतिथी रेडियाे पाेखरियाका अध्यक्ष एवम् कालिका टाईम्सका प्रबन्ध निर्देशक छठु साहले देश निर्माणमा युवाकाे भुमिका महत्वपूर्ण रहेकाे वताए । उनले युवाले देश छाेडेर जानु भन्दा आफ्नै देशमा बसेर परिश्रम गरेर देश बनाउनु पर्ने वताए ।

कार्यक्रममा कालिकामाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नमाेनाथ यादव, दिव्य कन्या माविका प्रधानाध्यापक रामयतन प्रसाद, शिक्षक सुवाेध चाैरसिया, इन्द्रदेव कुर्मी, रामबिश्वास चाैरसिया लगायतकाे उपस्थिती रहेकाे थियाे ।  कार्यक्रमकाे संचालन दिव्य कन्या माविका शिक्षक आदित्य शर्माले गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...