Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026

छिपहरमाईकाे महादेव माविमा शिक्षक अभावले कक्षा बन्द

spot_img
spot_img

पाेखरिया । पर्साकाे छिपहरमाई गाउँपालिकाकाे वडा नं. १ मा रहेका श्री महादेव माद्यमिक विद्यालय मिर्जापुरमा शिक्षक अभावका कारण कक्षा ६ देखि १० सम्मकाे अध्ययन अध्यापन प्रभावित भएकाे छ ।

करार र स्वयम् सेवक शिक्षककाे आधारमा संचालित विद्यालयकाे माद्यमिक तहकाे कक्षा कार्तिक १२ गतेदेखि बन्द भएकाे समाचार प्राप्त भएकाे छ । विद्यालयकाे माद्यमिक तहमा अध्यापन गराउँदै आएका शिक्षकहरुलाई गाउँपालिकाले हटाएपछि प्रधानाध्यापक बिरेन्द्र प्रसाद यादवकाे माैखिक आदेशमा कक्षा बन्द भएकाे बुझिएकाे छ ।

हाल विद्यालयमा प्रावि तहका दुई जना स्थायी र एक जना राहत शिक्षक गरि जम्मा तीन जना शिक्षक मात्र रहेका छन् । यसैगरी विद्यालयमा दुई जना बाल विकास शिक्षिका र एक जना विद्यालय सहयोगी रहेका छन् ।

विद्यालयकाे समस्या सम्बन्धमा बुधबार विद्यालय प्राङ्गणमा बसेकाे बैठक निष्कर्षविहिन सकेकाे थियाे । विद्यालयमा बन्द रहेकाे कक्षा संचालन गर्न शिक्षकको व्यवस्था मिलाउने सम्बन्धमा शिक्षाप्रेमी, अभिभावक र स्थानिय राजनीति दलका अगुवाहरुकाे बसेकाे बैठक केही निष्कर्ष निकाल्न सकेकाे थिएन ।

जस कारण दशैंकाे विदापछि कार्तिक १२ गतेदेखि विद्यालय खुलेपनि साे विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरु पढन पाएका छैनन् । सम्बन्धित निकायकाे लापरवाहीले बन्द रहेकाे कक्षा कहिलेदेखि संचालन हुने अन्याैल  सृजना भएकाे छ भने विद्यार्थीहरु पढन पाउनु पर्ने अधिकारबाट बन्चित भएका छन् ।

२०७९ वैशाख ३० गते को सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आएका नयाँ जनप्रतिनिधिहरुले पुराना गाउँपालिका अन्तर्गतका करार शिक्षक र कर्मचारी हटाएदेखि यस्ताे समस्या सृजना भएकाे वताइएकाे छ ।

यस बिषयमा बुझ्न विद्यालयका प्रधानाध्यापक बिरेन्द्र प्रसाद यादवसंग फाेन सम्पर्क गर्न खाेज्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन । 

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

इप्रका पाेखरियाद्वारा लागुऔषध मुद्दाका फरार प्रतिवादी कालिकामाईका केवट पक्राउ

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकाबाट लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पोखरियाले अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक व्यक्तिलाई...

देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै पत्रकार महासंघले धर्ना दिने

वीरगंज । नेपाल पत्रकार महासंघले सूचना तथा सरकारी विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेज गर्न माग गर्दै थप दबाबमूलक आन्दोलनका कार्यक्रम घोषणा गरेको...

कोल्हवीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३६६ जनाले पाए विशेषज्ञ सेवा

बारा । कोल्हवी नगरपालिकाको आयोजनामा तथा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा...