Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

जनमत पार्टी पर्साको अध्यक्षमा सर्राफ, जिल्ला समिति बिस्तार

spot_img
spot_img

वीरगंज । जनमत पार्टी पर्साको जिल्ला अध्यक्षको जिम्मेवारी युवा नेता ओमप्रकाश सर्राफले पाएका छन् ।यसअघि जिल्ला संयोजकको जिम्मेवारीमा रहेका सर्राफलाई पार्टीले अध्यक्षको जिम्मेवारी दिएको हो ।

सर्राफले संयोजकका रूपमा गरेको काम, कारबाही र पार्टी विस्तारका लागि देखाएको सक्रियतालाई मूल्याङ्कन गर्दै उनलाई अध्यक्षको जिम्मेवारी दिइएको जिल्ला इन्चार्ज माधव सिंह बताए ।

सर्राफको नेतृत्वमा ९७ सदस्सीय जिल्ला समन्वय समिति समेत गठन भएको छ । जसको उपाध्यक्ष परवेज अख्तर, प्रमोद यादव (ग्वाला) र अमरनाथ सिंह (इन्दल) राठौर रहेका छन् ।

त्यस्तै सचिवमा शशी भूषण पाण्डे, कोषाध्यक्षमा अभिषेक तिवारी र सदस्यमा अजय यादव, अनुपमा तिवारी, अर्जुन महतो, अमीर मियाँ, अशोक पटेल, अर्बु नेशा, ई. सुनिल कुमार मुखिया, डा. रेयाजुल हल लगायत रहेका छन् । 

नव गठित जिल्ला समन्वय समितिले पार्टीको कामलाई थप ऊर्जाका साथ अगाडि बढाउने आफूले विश्वास लिएको सह-इन्चार्ज मुकेश द्विवेदीले बताए । उनले पार्टीले यस पटक विस्तार गरेको नयाँ समितिमा अधिकांश युवा, बुद्धिजीवी, पेसागत वर्गका व्यक्ति र नयाँ अनुसारलाई ठाउँ दिइएको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...