Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

ईटियाहीमा २७ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । पर्साको बिन्दवासिनी गाँउपालिका वडा नम्बर ३ ठूलो इटियाहीमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्काउट निम्न माध्यमिक विद्यालय ठूलो इटियाहीको आयोजना तथा बिन्दबासिनी गाउँपालिका वडा नं. ३ को कार्यालयको सहयोगमा आयोजित कार्यक्रममा २७ जनाले रक्तदान गरेका हुन् ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मुकेश कुमार चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममाकाे उ‍द्घाटन नेपाली काँग्रेस बिन्दबासिनी गाउँपालिका अध्यक्ष बिवेक चौरसियाले रक्तदान गरी गरेका थिए ।

साे कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकेश चौरसिया, मन्जेस कुमार, अमित कुमार साह, योधन चौरसिया, कृष्ण मोहन साह, मुना ठाकुर, अजय गुप्ता, जयचन्द्र चौरसिया, ईजहार राउत गद्दी, सुकेस दास तत्वा, रबि शंकर सिंह, सुर्यमोहन चौरसिया, राज किशोर भगत, अरुण कुमार चौरसिया, भभिखन साह, अरबिन्द चौरसिया, बृजेश चौरसिया लगायतकाले रगतदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजले जनाएको छ ।

रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका सभापति चौरसियाले ईटियाही गाउँमै पहिलो पल्ट रक्तदान भएकोमा आयोजकलाई धन्यबाद दिदै आउने दिनहरुमा पनि गाउँघरलाई लक्षित गरी रक्तदान कार्यक्रम आयोजना गर्न आग्रह गरेका थिए ।

रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र वीरगंजका प्राविधिक मनिस कुमार साह, जानकी चौधरी लगायतको समुहले प्राविधिक सहयोग गरेका थिए ।

रक्तदान कार्यक्रममा वडाध्यक्ष जय प्रकाश चौरसिया, विद्यालयका प्रधानाध्यापक प्रमोद प्रसाद चौरसिया, स्थानिय मुनिलाल दास, देवनारायण साह, महेन्द्र साह, प्रदिप चौरसिया, छठुलाल चौरसिया, युवा नेता उपनेश चौरसिया, झगरु साह, नथुनी चौरसिया, संतोष चौरसिया, सञ्चारकर्मी जगत राई, अजय चौरसिया, रंजित चौरसिया, मुना ठाकुर, रामेश्वर चौरसिया, राजकिशोर भगत, दिपक चौरसिया लगायत विद्यालयका शिक्षक, राजनीतिक दलका नेता, समाजसेवी, बुद्धिजिवि लगायतको उल्लेखनिय सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम । बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको ढल्केबरमा २२५ पोका रगत सङ्कलन गरिएको छ । बाढी प्रभावित क्षेत्रमा रगतको आवश्यकता...

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन

नुवाकोट ।  राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले जिल्ला विपद् व्यवस्थापन समितिबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज...

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

जनकपुरधाम । धनुषामा प्रहरीले १९७ ग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी...