Date
सोम, भदौ ८, २०८३
Mon, August 24, 2026

बिपिसीका विद्यार्थीले कलेजकाे छतबाट हाम फालेर गरे आत्महत्याको प्रयास

spot_img
spot_img

वीरगंज । वीरगंज पब्लिक कलेज (बिपिसी) मा अध्ययनरत एक विद्यार्थीले क्याम्पसकै भवनबाट हाम फालेर आत्महत्याको प्रयास गरेका छन् ।

कलेजको कक्षा १२ मा अध्ययनरत करिब १८ वर्षीय युवक राजीव महतोले बुधवार बिहान ७ बजेको करिबमा क्लेजकाे चाैथाे तल्लाबाट हाम फालेर आत्महत्याको प्रयास गरेका हुन् ।

बाराको विश्रामपुर गाउँपालिका – ५ नकटुवा निवासी महतोको अहिले वीरगंजस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले वताए । 

उनका अनुसार महतोको खुट्टा भाँच्चिएको छ भने उनको चिउँडो, हात र टाउँकाेमा पनि चोट लागेको छ । 

राजिव महताेले हाम फालेकाे स्थान विद्यार्थीहरुले देख्दै । तस्बिर : कालिका टाईम्स

कलेजको चौथो तलाबाट हाम फालेका महताेलाई विद्यार्थी र कर्मचारीले उद्धार गरी सुरुमा नजिकको प्रभु अस्पतालमा पुर्‍याएका थिए । प्रभु अस्पतालमा उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि बयोधा अस्पतालमा लगिएकाे हाे । 

क्लेजका विद्यार्थीहरुका अनुसार केही दिनदेखि उनी मानसिक तनाव (डिप्रेसन) मा रहेका थिए । डिप्रेसन कै कारण उनी छतबाट हाम फाेलेकाे हुन सक्छन् । के कारणले उनी डिप्रेसनमा थिए भने अहिले सम्म खुल्न सकेकाे छैन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...

नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टको व्यावसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण

वीरगंज । नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टहरूलाई पेशागत जीवनमा प्रवेश गर्न आवश्यक ज्ञान, सीप, मार्गदर्शन तथा करियर विकाससम्बन्धी अभिमुखीकरण प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको “Professional...

गरिमा हत्या प्रकरणमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेकपा पर्साको माग

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) पर्सा जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै दोषीलाई...