Date
मङ्ल, कार्तिक ४, २०८३
Tue, October 20, 2026

बिपिसीका विद्यार्थीले कलेजकाे छतबाट हाम फालेर गरे आत्महत्याको प्रयास

spot_img
spot_img

वीरगंज । वीरगंज पब्लिक कलेज (बिपिसी) मा अध्ययनरत एक विद्यार्थीले क्याम्पसकै भवनबाट हाम फालेर आत्महत्याको प्रयास गरेका छन् ।

कलेजको कक्षा १२ मा अध्ययनरत करिब १८ वर्षीय युवक राजीव महतोले बुधवार बिहान ७ बजेको करिबमा क्लेजकाे चाैथाे तल्लाबाट हाम फालेर आत्महत्याको प्रयास गरेका हुन् ।

बाराको विश्रामपुर गाउँपालिका – ५ नकटुवा निवासी महतोको अहिले वीरगंजस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले वताए । 

उनका अनुसार महतोको खुट्टा भाँच्चिएको छ भने उनको चिउँडो, हात र टाउँकाेमा पनि चोट लागेको छ । 

राजिव महताेले हाम फालेकाे स्थान विद्यार्थीहरुले देख्दै । तस्बिर : कालिका टाईम्स

कलेजको चौथो तलाबाट हाम फालेका महताेलाई विद्यार्थी र कर्मचारीले उद्धार गरी सुरुमा नजिकको प्रभु अस्पतालमा पुर्‍याएका थिए । प्रभु अस्पतालमा उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि बयोधा अस्पतालमा लगिएकाे हाे । 

क्लेजका विद्यार्थीहरुका अनुसार केही दिनदेखि उनी मानसिक तनाव (डिप्रेसन) मा रहेका थिए । डिप्रेसन कै कारण उनी छतबाट हाम फाेलेकाे हुन सक्छन् । के कारणले उनी डिप्रेसनमा थिए भने अहिले सम्म खुल्न सकेकाे छैन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...