Date
बिहि, जेष्ठ २८, २०८३
Thu, June 11, 2026

छिपहरमाईको मेला सम्पन्न, बिरन्चिबर्वाको सुरु

spot_img
spot_img

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकाको वडा नम्बर ४ बंजारीस्थित रहेको छिपहरमाई मन्दिरमा मंगलबार लागेको मेला सम्पन्न भएको छ । प्रत्येक बर्ष झै यश बर्ष पनि विजयादशमीको दिन लाग्ने मेला लागेको थियो ।

छिपहरमाई मन्दिरमा आईतवार विहाननै देखि दर्शनार्थीहरुको भिड लागेको थियो । मेलाको भिड व्यवस्थित गर्नको लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी पुजा समिति स्वमसेवक र गाउँपालिका प्रहरीहरु परिचालन गरिएको थियो ।

प्रसिद्ध छिपहरमाई मन्दिर दर्शन गर्न नेपालका विभिन्न ठाउँको साथै भारतको सिमावर्ती जिल्लाको विभिन्न ठाउँका दर्शनार्थीहरु पग्ने गर्छन् । मेलामा हर्न जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, नेपाली काङ्ग्रेस पर्साका सह सचिव नवीन सिंह, क्षेत्रीय सचिव बलिस्टर अहमद लगायताका नेताहरु समेत पुगेका थिए ।

मेलामा छिपहरमाई गाउँपालिका, मधेश प्रदेश सरकारको उर्जा, सिचाई तथा खानेपानी मन्त्री सिंहासन साह कलवार र राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा क्षेत्र नं. ४ काे तर्फबाट दर्शनार्थीहरुको लागि निःशुल्क रुपमा खाजा समेत वितरण गरिएको थियो ।

छिपहरमाई मन्दिरमा दशै शुरु भएपछि घटस्थापनाको दिन देखि नै विभिन्न ठाउँका भक्तजनहरुले अस्ठजामको समेत आयोजना गर्दै आएका छन् ।

यसैगरी कालिकामाई गाउँपालिकाको वडा नं. ३ मा पर्ने कालिकामाई मन्दिरमा पनि मेला लागेको थियो ।

यसैगरी कालिकामाई गाउँपालिका कै वडा नं. ५ बिरन्चिबर्वामा पनि आज देखि ५ दिने मेला सुरु भएको छ ।

मेलाको पहिलो दिन आज लिलाकन्ठ निकालिएको हो । पुर्वकाल देखि लाग्दै आएको मेलाको पहिलो दिन लिलाकन्ठमा धोबिन चरा उडाएर मेलाको शुभारम्भ गर्ने गरिन्छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

खड्का र बस्नेतसहित पर्सा प्रहरीका आधा दर्जन प्रहरी निरीक्षकको सरुवा

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी इकाइमा कार्यरत आधा दर्जन प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय...

प्रदेश प्रहरी कार्यालय वीरगंजमा कार्यरत असई तेलीको निधन

वीरगंज । नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगंजमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रवि कुमार साह तेलीको असामयिक निधन भएको छ । बहुदरमाई नगरपालिका–६ निवासी...

ट्राफिक प्रहरी कार्यालय वीरगंजका प्रमुख युवराज कटुवालको सरुवा, दीपेन्द्र श्रेष्ठ आउने

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंज, पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवालको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार राति ५०९ जना...