Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

असई तिवारीले मागेकाे पैसा नदिएपछि कुटपिट गरेकाे आराेप

spot_img
spot_img

वीरगंज । पर्साको विन्दवासिनीमा लागेको मेलामा बलुन (फुलौना) बेचिरहेका एक दलित व्यपारीले आफुले असई सावले मागेकाे पैसा नदिएपछि कुटपिट गरेकाे आराेप लगाएका छन् ।

वीरगंज महानगरपालिकाकाे वडा नं. १९ बिन्दवासिनी निवासी बरुण रामलाई अस्थायी प्रहरी पाेष्ट बिन्दवासिनीकाे प्रमुख प्रहरी सहायक निरिक्षक (असई) नवलेश तिवारीले कुटपिट गरेकाे भन्दै आइतबार स्थानियहरुले विराेध प्रदर्शन समेत गरेका थिए ।

बडादसैँको अवसरमा वीरगंज महानगरपालिका – १९ विन्दवासिनीस्थित बिन्दवासिनी मन्दिरमा लागेकाे मेलामा फुलाैना बेचिरहेका आफुलाई असई तिवारीले सबै व्यपारीहरुसंग उनले उठाइरहेकाे पैसा आफुले नदिएपछि कुटपिट गरेकाे रामले आराेप लगाएका हुन् ।

उनले भने  “बिन्दवासिनी मेलामा मैले फुलाैना बेचिरहेका थिए । असई साब आउनु भयाे र पैसा माग्नु भयाे, मैले पैसा दिएन । त्यसपछि बेचिरहेकाे ठाउँबाट फुलाैना हटाउन भन्नु भयाे । मैलाई फुलाैना हटाई नै रहेकाे थिए जब सम्म मन्दिरबाट दुई जना अरु प्रहरी आएर मेराे फुलाैना सबै बाटाेमा फालिदिए । मेराे फुलाैना किन फाल्नु भयाे भन्दै मैले प्रश्न गर्दा मलाई समातेर प्रहरी पाेष्टमा लगेर असई सावकाे सामुने २/३ जना प्रहरीले कुटपिट गरे ।”  

प्रहरीले हात र बुटले मलाई कुटपिट गरेकाे उनले वताए । प्रहरीले कुटपिट गर्नुकाे साथै मेराे ५/६ हजार जतिकाे फुलाैनामा क्षति समेत पुर्याएकाे वताए । 

रामलाई प्रहरीले कुटपिट गरि घाइते बनाएपछि स्थानीयहरूले त्यसको विरोधमा गर्दै केही बेर प्रहरी पोस्ट घेराउ समेत गरेका थिए ।

यस बिषयमा असई तिवारीसंग फाेनमा सम्पर्क गर्दा घटना बारे उनले केही बताउन चाहेनन् । उनले घटना भएकाे दिन इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक (इन्सपेक्टर) साव आउनु भएकाे बताउँदै उहाँसंगै बुझ्नु पर्ने वताए ।

इलाका प्रहरी कार्यालय पाेखरियाका इन्सपेक्टर माेहन बिक्रम केसीले विवाद सुल्झिसकेकाे वताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...