Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

मन्त्री सिंहद्वारा रक्तदान

spot_img
spot_img
वीरगंज । युवाको काम कुनै पनि अवस्थामा युवा जस्तै हुनुपर्छ भन्ने यर्थातलाई मधेशका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहले चरित्रार्थ गरिदिएका छन् ।
 
विजयादशमीको षष्ठी तिथिमा मन्त्री र नेताहरु प्राय जसो कार्यक्रताहरुको शुभकामना आदानप्रदान कार्यक्रममा व्यस्त रहने अहिलेको परिवेशमा मन्त्री सिंहले पृथक काम गरेर देखाएका छन् ।
 
प्रसुती पिडा सहित जनकपुरधामको प्रादेशिक अस्पतालमा विहिवार भर्ना भएकी सर्लाही बसबरिया गाँउपालिका वडा नं. ६ मण्टोला निवासी २१ वर्षिय महिलाई चिकित्सकले ब्लडमा होमोग्लोभिनको मात्रा एकदम न्युन रहेको भन्दै प्रसुतीका लागि ब्लड एकदम आवश्यक रहेको बताएपछि उनीहरु आत्तिए ।
 
प्रसुती पिडामा रहेकी महिलाकाे ब्लड ओ नेगेटिभ रहेछ । दलित समुदायका श्रीमान ब्लडका लागि हारगुहार गर्न थाले । एककान दुई कान हुदै खवर जनमत पार्टीका युवा नेता विरेन्द्र यादवलाई जानकारी भयो । उनले मन्त्री सिंहबाट उनको पनि ब्लड ग्रुप सोहि नै रहेको थाहापछि खवर गरे, मन्त्री सिंह अस्पतालमै गएर षष्ठी तिथिका दिन रक्तदान जिवनदानको काम गरेका छन् ।
 
देवीको पुजा आराधना भइरहँदा विजयादशमीमै ति महिलाले अन्तत : शुक्रवार छोरी पाएकी छिन् । दम्पतीले जनमत पार्टीका महासचिव समेत रहेका युवा नेता मन्त्री सिंहलाई धन्यवाद दिए । युवा नेता यादवका अनुसार मन्त्री सिंहलाई फोन गरेपछि उनले समस्या थाहा पाउने वितिकै तुरन्त रक्तदान गर्न राजी भए र अस्पताल परिषरमै रहेको नेपाल रेडक्रसमै गएर साँझ ६ बने रक्तदान गरेका थिए ।
 
यादवले भने, ‘प्रदेशसभामा सिंहले रक्तदान गर्दा उनको ओ नेगेटिभ रहेको मलाई थाहा थियो मैले तुरन्त फोन गरे मन्त्री जीले म जलेश्वरमा छु आउदै छु भन्नुभयो र आउनुपनि भयो ।’
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम । बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको ढल्केबरमा २२५ पोका रगत सङ्कलन गरिएको छ । बाढी प्रभावित क्षेत्रमा रगतको आवश्यकता...

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन

नुवाकोट ।  राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले जिल्ला विपद् व्यवस्थापन समितिबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज...

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

जनकपुरधाम । धनुषामा प्रहरीले १९७ ग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी...