Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

मन्त्री सिंहद्वारा रक्तदान

spot_img
spot_img
वीरगंज । युवाको काम कुनै पनि अवस्थामा युवा जस्तै हुनुपर्छ भन्ने यर्थातलाई मधेशका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहले चरित्रार्थ गरिदिएका छन् ।
 
विजयादशमीको षष्ठी तिथिमा मन्त्री र नेताहरु प्राय जसो कार्यक्रताहरुको शुभकामना आदानप्रदान कार्यक्रममा व्यस्त रहने अहिलेको परिवेशमा मन्त्री सिंहले पृथक काम गरेर देखाएका छन् ।
 
प्रसुती पिडा सहित जनकपुरधामको प्रादेशिक अस्पतालमा विहिवार भर्ना भएकी सर्लाही बसबरिया गाँउपालिका वडा नं. ६ मण्टोला निवासी २१ वर्षिय महिलाई चिकित्सकले ब्लडमा होमोग्लोभिनको मात्रा एकदम न्युन रहेको भन्दै प्रसुतीका लागि ब्लड एकदम आवश्यक रहेको बताएपछि उनीहरु आत्तिए ।
 
प्रसुती पिडामा रहेकी महिलाकाे ब्लड ओ नेगेटिभ रहेछ । दलित समुदायका श्रीमान ब्लडका लागि हारगुहार गर्न थाले । एककान दुई कान हुदै खवर जनमत पार्टीका युवा नेता विरेन्द्र यादवलाई जानकारी भयो । उनले मन्त्री सिंहबाट उनको पनि ब्लड ग्रुप सोहि नै रहेको थाहापछि खवर गरे, मन्त्री सिंह अस्पतालमै गएर षष्ठी तिथिका दिन रक्तदान जिवनदानको काम गरेका छन् ।
 
देवीको पुजा आराधना भइरहँदा विजयादशमीमै ति महिलाले अन्तत : शुक्रवार छोरी पाएकी छिन् । दम्पतीले जनमत पार्टीका महासचिव समेत रहेका युवा नेता मन्त्री सिंहलाई धन्यवाद दिए । युवा नेता यादवका अनुसार मन्त्री सिंहलाई फोन गरेपछि उनले समस्या थाहा पाउने वितिकै तुरन्त रक्तदान गर्न राजी भए र अस्पताल परिषरमै रहेको नेपाल रेडक्रसमै गएर साँझ ६ बने रक्तदान गरेका थिए ।
 
यादवले भने, ‘प्रदेशसभामा सिंहले रक्तदान गर्दा उनको ओ नेगेटिभ रहेको मलाई थाहा थियो मैले तुरन्त फोन गरे मन्त्री जीले म जलेश्वरमा छु आउदै छु भन्नुभयो र आउनुपनि भयो ।’
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...