Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

कटहरिया प्रीमियर लिगमा युनाइटेड क्रीकेट क्लब विजयी

spot_img
spot_img

वीरगंज । रौतहट जिल्लाको कटहरियामा मंगलबार सम्पन्न कटहरिया प्रीमियर लिग मेयर कप T-20 नक आउट टुर्नामेन्टमा युनाइटेड क्रीकेट क्लबले मकवानपुर क्रीकेट क्लब विरुद्ध शानदार जित निकालेको छ ।

कटहरिया खेल मैदान परिसरमा आयोजित क्रीकेट प्रतियोगितामा युनाइटेड क्रीकेट क्लबले मकवानपुर क्रिकेट क्लबलाई १४ रन पराजित गर्दै शानदार जित निकालेको हो ।

मकवानपुर क्लबले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो भने पहिलो ब्याटिङ गर्दै २० ओभरमा युनाइटेड क्रीकेट क्लबको ८ विकेट गुमाएर १२९ रनको लक्ष्य दिएको थियो ।

युनाइटेडको तर्फबाट इम्रान शेखले ४१ बलमा एक छक्का र ३ चौकाको सहयोगमा सर्वाधिक ४६ रन बनाए भने सन्तोष कार्किले पनि ३३ बल खेलेर दुई छक्का र एक चौकाको सहयोगमा २९ रन जोडे । मकवानपुरको बलिङका क्रममा दिएको दश व एक्स्ट्रा रन पनि युनाइटेडको जितमा सहायक बन्यो ।

मकवानपुरको तर्फबाट ब्याटिङ गर्न उत्रेका गौरभ खड्काले २६ बलमा तिन चौकाको सहयोगले २५ रन जोडे भने शुभ खन्सारले १३ बल खेलेर तिन चौकाको सहयोगमा १७ रन जोडे ।

त्यस्तै रोहित ठाकुरले २३ बलमा दुई छ्क्काको सहयोगले टिमका लागि २६ रन जोडे । अन्य ब्याटरहरूको प्रदर्शनी भने खासै सन्तोषजनक रहेन । बलिङ तर्फपनि युनाइटेडले उत्कृष्ट प्रदर्शनी गर्‍यो ।

युनाइटेडबाट सैफुल्लाह अन्सारीले ह्याटि्रक विकेट लिदै ४ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए ।

त्यस्तै रन्जित कुमारले पनि ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए भने समसाद राजाले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए । उत्कृष्ट बलिङ गरेका सैफुल्लाह अन्सारीलाई प्लेयर अफ द म्याच समेत घोषित गरियो  ।

प्रतियोगितामा पर्सा क्रिकेट सङ्घका उपाध्यक्ष मुर्तुजा हवारी, युनाइटेड क्रिकेट क्लबका अध्यक्ष हासिम अन्सारी लगायतको उपस्थिति थियो  ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...