Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

बिन्दवासिनी गाउँपालिकाकाे शिक्षा शाखा प्रमुखमाथि दुर्व्यवहार

spot_img
spot_img

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिकाका शिक्षा शाखा प्रमुख कपिल लामिक्षानेलाई वडाध्यक्षहरुले  दुर्व्यवहार गरेका छन् । गाउँपालिकाकाे वडा नं १ वडाध्यक्ष अच्छेलाल महताे र वडा नं. ३ का वडाध्यक्ष जयप्रकाश चाैरसियाले मंगलबार शिक्षा शाखा प्रमुख लामिक्षानेलाई दुर्व्यवहार गरेका हुन् ।

कर्मचारी दुर्व्यवहार गर्ने वडाध्यक्ष महतो र चौरसियालाई कारवाहीको माग गर्दै गाउँपालिकाका कर्मचारीहरु मंगलबार नै पर्साका सहायक जिल्ला अधिकारी शिव कुमार लम्साललाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा, लेखा प्रमुख मिथलेश कुशवाहा, शिक्षा शाखा प्रमुख कपिल लामिछाने , रामेन्द्रनाथ तिवारी लगायतको गाउँपालिकाका कर्मचारीहरुले सहायक प्रमुख जिल्ला अधिकारी लम्साललाई ज्ञापन पत्र बुझाउँदै दाेषी उपर कारवाहीकाे माग गरेका हुन् ।

कर्मचारी दुर्व्यवहार गर्ने वडाध्यक्षहरु माथि कानुन बमाेजिम कारवाही पक्रिया अगाडी नबढेसम्मकाे लागि गाउँपालिकाकाे सम्पूर्ण कामकाज बन्द रहने कर्मचारीहरुले जनाएका छन् ।

गाउँपालिकामा कार्यरत कर्मचारीहरुले सामुहिक रुपमा एक प्रेस विज्ञप्ती जारी गर्दै स्थानिय जनसमुदायसंग प्रत्यक्ष कामकाज गर्ने कर्मचारीलाई गालीगलाै गरी मनाेबल खस्काउने कार्य भएकाे भन्दै भर्तस्ना समेत गरेका छन् ।

गाउँ कार्यपालिका कार्यालयकाे सभा हलमा आसमान नेपालले आयाेजना गरेकाे कार्यक्रममा शिक्षक सरुवाकाे विषयलाई लिएर वडाध्यक्षद्वयले शिक्षा शाखा प्रमुख र केही प्रधानाध्यापकहरुलाई गालीगलौज गर्नुकाे साथै कुटपिट गर्ने धम्की समेत दिएकाे कर्मचारीहरुकाे भनाई छ । 

 यसै बिच स्थानिय तह कर्मचारी हकहित मञ्च बिन्दबासिनी गाउँपालिकाले पनि एक प्रेस विज्ञप्ती जारी गर्दै कर्मचारी दुर्व्यवहार गर्ने वडाध्यक्षहरुमाथि कारवाहीकाे माग गरेकाे छ ।

कर्मचारी हकहित मंचका अध्यक्ष रामाधार प्रसाद चाैरसियाले प्रेस विज्ञप्ती जारी गर्दै कर्मचारी दुर्व्यवहार गर्ने  वडाध्यक्षहरु माथि कारवाही पक्रिया अगाडी नबढेसम्म गाउँपालिकाकाे सम्पूर्ण सेवा बन्द रहने समेत जनाएका छन् ।

यसैगरी नेपाल शिक्षक महासंघ बिन्दवासिनी गाउँपालिका, नेपाल राष्ट्रिय शिक्षक संगठन बिन्दवासिनी गाउँपालिका, नेपाल शिक्षक संघ बिन्दवासिनी गाउँपालिका र संघिय शिक्षक फाेरम नेपाल बिन्दवासिनी गाउँपालिकाले पनि संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै शिक्षा अधिकृत र प्रधानाध्यापक दुर्व्यवहार गर्ने वडाध्यक्षहरुमाथि कारवाहीकाे माग गरेकाे छ ।

सामुदायिक विद्यालयहरु पनि बन्द रहने

नेपाल शिक्षक महासंघ बिन्दवासिनी गाउँपालिका र नेपाल राष्ट्रिय शिक्षक संगठन बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष धर्मेन्द्र कुमार चाैबे, नेपाल शिक्षक संघ बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष नन्दु प्रसाद यादव, संघिय शिक्षक फाेरम नेपाल बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष एवम् नेपाल शिक्षक महासंघ बिन्दवासिनी गाउँपालिकाका सह अध्यक्ष मुकलेश राउत गद्दी र नेपाल शिक्षक महासंघ बिन्दवासिनी गाउँपालिका सचिव सुनिल कुमार चाैरसियाले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै दाेषी उपर कारवाहीकाे माग गरेका हुन् ।

वडाध्यक्षद्वयले शिक्षा शाखा प्रमुख तथा केही प्रधानाध्यापकहरुलाई गालिगलौज गरेको र काजमा खटाईएको शिक्षकलाई विधालयमा हाजिर गराएमा कुटपिट गर्ने धम्की समेत दिएको जनाउँदै गाउँपालिका अन्तर्गत संचालित सामुदायिक विद्यालय तथा मदर्साहरु विद्यालयका सम्पूर्ण प्रधानाध्यापक तथा नेपाल शिक्षक महासंघ विन्दवासिनीको गम्भिर ध्यानाकर्षण भएकाे जारी विज्ञप्तीमा उल्लेख गरिएकाे छ । 

सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकहरु माथि धाकधम्की देखाई मनोवैज्ञानिक त्रास दिएर विद्यालय शिक्षालाई अस्थव्यस्थ पार्न खोज्ने कार्यको उनीहरुले घाेर भर्तस्ना समेत गरेका छन् ।

साथै विद्यालय शान्ति क्षेत्र भएकोले त्यस भित्र कामकाज गर्ने प्रधानाध्यापक तथा शिक्षकहरुलाई सहज वातावरण नबनाउन्जेल पालिका भित्रका सबै सामुदायिक विद्यालय तथा मदर्साहरुको पठनपाठन बन्द गर्न वाध्य भएको जारी प्रेस विज्ञप्ती मार्फत जनाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...