Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

पत्नी हत्या आरोपमा पति गिरफ्तार

spot_img
spot_img

वीरगंज । सप्तरीकाे रुपनी गाउँपालिका–३ हर्दियाकी ३७ वर्षीया शीलावती मुखियाको हत्या आरोपमा उनका पति ३८ वर्षीय हरेराम मुखियालाई प्रहरीले गिरफ्तार गरेको छ ।

मोटरसाइकल दुर्घटनामा ०८० भदौ २८ गते मृत्यु भएको भनिएकी शीलावतीको सडक दुर्घटनामा नभई टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेको आरोपमा उनका पति हरेरामलाई गिरफ्तार गरिएको सप्तरी प्रहरीले जनाएको छ । प्रहरीले प्रमाणहरू संकलन गरेपछि हरेरामलाई हत्या आरोपमा कारबाही थालेको सप्तरीका डिएसपी ढुण्डीराज नेउपानेले बताए ।

रुपनी गाउँपालिका–१ स्थित बिद्युत कार्यालय नजिक राजविराज रुपनी सडक खण्डमा स.४ प ५७६० नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा भदौ २८ गते राति पौने ११ बजे फेला परेको थियो । घटनामा मोटरसाइकल पछाडि सवार शीलावती मृत अवस्थामा फेला परेकी थिइन् । मोटरसाइकल चालक हरेराम भने सडकमा लडेको अवस्थामा भेटिएका थिए । शवको पोष्टमार्टम गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भदौ २९ गते भएको थियो ।

दुर्घटना भनिएको मोटरसाइकल र मोटरसाइकलमा बाँधिएको घरायसी समानमा क्षति नपुगेको, चालकलाई चोटपटक नलागेको, मोटरसाइकल लडेको बलौटे ठाउँमा गम्भिर चोट लाग्ने अवस्था नरहेको, मृतक भन्दा २० फिट टाढा रहेको ढुंगामा रगत लागेको घटनास्थल हेर्ने स्थानीयवासीले उतिबेलै घटना शंकास्पद रहेको बताएका थिए । मुखिया दम्पति घर जानका लागि सहज बाटो नगएर रुपनी भएर घुमाउरो बाटो लागेकोमा पनि गाउँलेहरूको शंका थियो ।

पछिल्लो समय हरेरामले घरेलु हिंसा गर्ने गरेको र झगडाको विषयमा पटक–पटक प्रहरी कार्यालयमा छलफल भएको मृतककी आमा सिरहाको लहानकी देवसुनैर मलाहाले बताइन । पत्नी काली, नराम्री भई भनेर झगडा गरिरहने हरेरामले आफन्तमै साली नाता पर्ने युवतीसँग विवाह गर्न चाहेको रहस्य पनि उने वताइन ।

शीलावतीको दुर्घटनामा नभई हत्या भएको भन्दै देवसुनैरले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन ।

चोटपटक नलागे पनि अस्पताल भर्ना भएका हरेराम घाइते नरहेको भन्दै चिकित्सकहरूले पनि आशंका गरेका थिए । भदौ २८ गते विहान मुखिया दम्पति घरायसी समान किनमेल गर्न सीमावर्ती भारतको भिमनगर गएका थिए । अनुसन्धान अधिकृत इन्स्पेक्टर प्रमोद खड्काका अनुसार भिमनगरबाट रुपनी पुग्न मुखियाले ५ घण्टा लगाएका थिए ।

जानकारहरूका अनुसार मोटरसाइकलमा भिमनगरदेखि रुपनी पुग्न एक घण्टा समय मात्र लाग्छ । सप्तरीभन्दा बाहिरै बाटोमा मार्न धेरै ठाउँमा मोटरसाइकल रोकेको तर प्रयास सफल नभएपछि रुपनी नजिक आएर सुनसान रातको समयमा घटना गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

पोलिग्राफ परीक्षणमा ८० प्रतिशत नेगेटिभ वयान दिएका मुखियाले सिम्राहास्थित होटलमा पत्नीलाई समेत मादक पदार्थ खुवाएको रहस्यबारे प्रहरी खोजीमा जुटेको छ । अभद्र व्यवहारमा मुद्दा चलाएर अनुसन्धान गरिरहेको प्रहरीले हत्या गरी नाटक मञ्चन गरेर हत्या दवाउने प्रपञ्च गरेको आरोपमा उजुरी दर्ता गरी अनुसन्धान थालेको इन्स्पेक्टर खडकाले बताए । सभार : इन्सेक अनलाइन

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...