Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

किशोरीहरुलाई रजश्वला सम्बन्धि सचेतनामुलक प्रशिक्षण

spot_img
spot_img

वीरगंज । वीरगंजमा दुई सय जना किशोरीहरुलाई रजश्वला (महिनावारी ) सम्बन्धि सचेतनामुलक प्रशिक्षण दिईएकाे छ । वीरगंजस्थित त्रिजुद्ध माविको सभाहलमा शुक्रबार सानवी फाउन्डेसन अफ नेपालले आयोजना गरेको कार्यक्रममा किशोरीहरुलाई महिनावारी सम्बन्धी प्रशिक्षण दिइएको हाे ।

सानवी फाउन्डेसन अफ नेपालकी अध्यक्ष सानु कुमारीको अध्यक्षता तथा महिला तथा प्रसुती रोग विषेशज्ञ डा. किर्ती अग्रवालको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा किशोरीहरुलाई प्रोजेक्टर तथा अभ्यासकाे माध्यमले महिनावारी सम्बन्धी प्रशिक्षण दिइएको संयोजक सरोज पटेलले जानकारी दिए ।

उक्त कार्यक्रममै विद्यालयमा अध्ययनरत छात्राहरुको सुविधाको लागि सेनेटरी प्याड सहित प्याड बक्स विद्यालयका प्रधानाध्यापक नवीन कुमार मिश्रलाई हस्तान्तरण पनि गरिएको थियाे ।

कार्यक्रममा संस्थाका संस्थापक विवेक कुमार झा, संयोजक मालबिन्दर कौर, प्रवक्ता विक्की राज पटेल, सचिव अमित कुमार शाह, सहसचिव सशांक कुमार सिंह, प्रशासन प्रमुख प्रेरणा श्रीवास्तव, अञ्जली पटेल, अंकित चौधरी, निर्मल मिश्र, रतनेश मिश्र, विवेक साह, आविदा खातुन, सिवानी गुप्ता, सोफिया खातुन, अस्मिता भुजेल, सुरज कुशवाहा लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण खुशी कुमारी रौनियारले गरेकी थिइन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...