Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

प्रभु हस्पिटलकाे चौथो स्थापना दिवसमा वृक्षारोपण

spot_img
spot_img

वीरगंज । वीरगंज ८ पानीटंकीस्थित प्रभु हस्पिटलकाे चौथो स्थापना दिवसमा वृक्षारोपण गरिएको छ । ‘आफ्नो ठाउँ, हरियाली बनाउँ’ भन्ने नाराका साथ शुक्रबार अस्पतालको आयोजनामा वृक्षारोपण गरिएको हो ।

पानीटंकीस्थित प्रभु हस्पिटलकाे चोकदेखि आर्मी ब्यारेकसम्मको सडक छेउमा गुलमोहर प्रजातीका ६५ वटा विरुवा रोपिएको अस्पतालकी सञ्चालिका बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. लक्ष्मी थापाले जानकारी दिइन् । उनका अनुसार शुक्रबार रोपिएका विरुवाको रेखदेख गरी हुर्काउने काम अस्पतालले नै गर्नेछ ।

आफ्नै गाउँलाई हराभरा बनाउनुका साथै बढ्दै गएको जलवायु परिवर्तनले गर्दा वातावरणमा पर्ने असरलाई न्यूनिकरण गर्ने अभिप्रायका साथ विरुवा रोपेर वार्षिकोत्सव मनाएको अस्पतालका सञ्चालक डा. मनोज गुप्ताले बताए ।

बढ्दो अव्यवस्थित शहरीकरणले गर्दा जलवायु परिवर्तन हुँदा मानव जीवनको दैनिकीमा पनि प्रभाव पर्नुका साथै मानवीय स्वास्थ्यमा समेत असर पर्ने भएकाले विरुवा रोप्नुपर्ने आवश्यक्ता डा. गुप्ताले औँल्याए ।

अस्पताल स्थापनाको चौथो वर्षसम्म आईपुग्दा पर्सा मात्रै नभएर बारा, रौतहट, मकवानपुर, सीमावर्ती शहर रक्सौल, बेतिया, चम्पारण लगायतका हजारौँ सेवाग्राहीलाई सेवा दिन सफल भएको अस्पतालका व्यवस्थापक दिलिपराज कार्कीले दाबी गरे ।

उनकाअनुसार अस्पतालबाट ल्याप्रोस्कोपी सर्जरी सेवा पनि सूचारु गरिएको छ । निकट भविष्यमै स्तरीय आईभिएफ सेवा सूचारु गर्ने लक्ष्यबमोजिम आवश्यक तयारी भइरहेको पनि कार्कीले जानकारी दिए । अस्पतालबाट प्रत्यक्ष रुपमा १ सय १५ जनाले रोजगारीपनि प्राप्त गरेका छन् ।

शुक्रबारको वृक्षारोपण कार्यक्रममा बरिष्ठ डा. गोपाल गजुरेल, मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्य, लोसपाका केन्द्रिय सदस्य निजामुदिन समानी, नेपाली सेनाका कर्णेल डायमण्ड कार्की, सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्य, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापा, वीरगंज महानगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष रितेश गुप्ता, भोजपुरी गायक सुनिल पण्डित, होटल तथा पर्यटन व्यवसायी महासंघका केन्द्रीय सदस्य हिराबहादुर श्रेष्ठ, समाजसेवीद्वय गणेशमान श्रेष्ठ, श्याम पोखरेल, फिजिसियन डा. रविरन्जन साह, डा. शिवकुमार झा लगायतको पनि सहभागीता थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शिक्षामन्त्री पोखरेलसँग बेलायती राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य ९बेलायत० का राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज...

सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही । सर्लाहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गोडैता र बरहथवामा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । जिल्ला...

जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र

त्रिशूली (नुवाकोट) । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीपछि नुवाकोटका दुई जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी तथा कामदारको खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ...