Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

युवकसँग भारत जान लागेकी ५ बालिकाको वीरगंजबाट उद्धार

spot_img
spot_img

वीरगंज । घरबाट हराएका पाँच जना बालिकाहरूलाई नेपाल भारत सीमा क्षेत्रबाट उद्धार गरिएको छ । 

बारा करैयामाई गाउँपालिका-१ हरैया गाउँबाट असोज २२ गते हराएका पाँच जना बालिकाहरूलाई प्रहरीले एक भारतीय युवकका साथ नेपाल भारत सीमाबाट उद्धार गरेको हो ।

उद्धार गरिएका बालिकामध्ये एक जना १३ वर्षको, १४ वर्षका दुई जना र १६ वर्षका दुई जना रहेका छन् । उनीहरू सबै एउटै विद्यालयमा अध्ययनरत रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले बताए ।

उद्धार गरिएका बालिकाहरूलाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ भने भारतीय युवकलाई नियन्त्रणमा लिएको छ । मोतिहारी, पूर्वी चम्पारण, थाना ढाका, बिक्रमपुर गाउँ घर बताउने वर्ष अन्दाजी १८ को कवि कुमार पाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बालिकाहरूले योजनाबद्ध तरिकाले नै आफ्ना लुगाफाटा र भएको नगद लिएर घरबाट हिँडेका थिए ।  

उद्धार गरिएका बालिकाहरूसँग अभिभावकले कुराकानी गर्ने क्रममा उक्त भारतीय युवकसँग सामाजिक सञ्जाल फेसबूकबाट चिनजान भएको बताएका छन् ।

मानव बेचबिखनको लागि बालिकाहरूलाई भारततर्फ लैजान खोजेको आशङ्कामा पक्राउ परेका युवकउपर अनुसन्धान सुरु भएको डिएसपी न्यौपानेले बताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...