Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

कांग्रेस क्षेत्रीय कोषाध्यक्ष द्विवेदीद्वारा पुरस्कार घाेषणा

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं.४ को क्षेत्रीय कोषाध्यक्ष बिनय भूषण द्विवेदीले शिक्षक सेवा आयाेगबाट माद्यमिक तहमा नाम निकाल्न सफल एक शिक्षककाे लागि पुरस्कार घाेषणा गरेका छन् । 

जगरनाथपुर गाउँपालिका वडा न.४ जगरनाथपुर निवासी द्विवेदीले आफ्नै गाउँ निवासी मध्यम परिवारका इन्द्रजित ठाकुर हजामले माद्यमिक तहकाे शिक्षकमा नाम निकालेपछि खुशि व्यक्त गर्दै उनलाई रु ११ हजारले पुरस्कृत गर्नुकाे साथै सम्मान समेत गर्ने जनाएका हुन् ।

उनले बिकाशको पुर्बाधारमा शिक्षालाई पहिलो प्राथमिकतामा राखिएकोले वडा न.४ लगायत गाउँपालिका भरी कै बिद्यार्थीहरुले यसै गरि अब्बल दर्जामा स्थान हासिल गरे आफ्नो तर्फबाट सके सम्म सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

ठाकुर गण्डकी प्रदेशबाट शिक्षा सेवा आयोगबाट लिखित तथा मौखिक परिक्षामा मा.बि. गणित बिषयबाट नाम निकाल्न सफल भएका छन् । 

द्विवेदी जगरनाथपुरस्थित जय श्रीराम दुग्ध सहकारी संस्था लिमिटेडका अध्यक्ष हुनुको साथै युवा बचत कोषको संस्थापक सदस्य समेत हुन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...