Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

हाम्राे नेपाल दैनिककाे वार्षिकाेत्समा रक्तदान कार्यक्रम

spot_img
spot_img

वीरगंज । हन्ट नेपाल मिडिया प्रा.लि. वीरगंजद्वारा संचालित हाम्राे नेपाल दैनिक डट कमकाे तेस्राे वार्षिकाेत्सकाे अवसरमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

वीरगंजकाे घण्टाघरमा भएकाे कार्यक्रममा ५ महिलासहित ३२ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्राविधिक प्रमुख साैरभ राज पाण्डेले जानकारी दिए ।

हन्ट नेपाल मिडिया प्रालिका अध्यक्ष रामेश्वर चाैरसियाकाे अध्यक्षतामा भएकाे रक्तदान कार्यक्रमकाे उद्घाटन नारायणी अस्पताल वीरगंजका निमित मेसु डा. चितरन्जन साहले गरेका थिए ।

कार्यक्रममा हरिशंकर गुप्ता, कृष्ण प्रसाद कुशवाहा, महेश महताे, सनम कार्की, प्रभु साह, रिंकु देवी, संगम दाहाल, दिपेन्द्र प्रसाद कलवार, निरन्जन कुमार साह, सकलदेव प्रसाद यादव, अन्तिमा कुमारी, राजन मण्डल, गाेपाल साह, अजित कुमार मण्डल लगायतकाले रक्तदान गरेका हुन् । 

रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा भएकाे कार्यक्रममा रेडियाे वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साह, प्रेस सेन्टर नेपालका केन्द्रि सदस्य जगत राई, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनाेज पटेल, उपाध्यक्ष शम्भु कुमार सुमन, समाजिक अभियान्ता प्रकाश थारु, दिलिप राज कार्की, राघव साह, श्याम सर्राफ लगायतले रक्तदाताहरुलाई प्रशंसा पत्र वितरण गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम । बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको ढल्केबरमा २२५ पोका रगत सङ्कलन गरिएको छ । बाढी प्रभावित क्षेत्रमा रगतको आवश्यकता...

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन

नुवाकोट ।  राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले जिल्ला विपद् व्यवस्थापन समितिबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज...

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

जनकपुरधाम । धनुषामा प्रहरीले १९७ ग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी...