Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

वीरगंजमा मनाइयाे विश्व मानसिक स्वास्थ्य दिवस

spot_img
spot_img

वीरगंज । विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा वीरगंजमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएकाे छ । दिवसका अवसरमा वीरगंज महानगरपालिका र वीरगंज नसिंङ्ग क्याम्पसको सयुक्त आयोजनामा घण्टाघर चोकमा मानसिक स्वास्थ्य सम्बन्धमा तयार पारिएको सडक नाटक सहित सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।

पछिल्लो समय मानसिक स्वास्थ्यका बिरामीहरु बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै वीरगंज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अनिल कुमार यादवले मानसिक स्वास्थ्यका बारेमा जनचेतना अभिबृद्धी गर्नुपर्नेमा जोड दिए । उनले मानसिक स्वास्थ्यलाई नजरअन्दाज नगर्न आग्रह गर्दै जति सक्दो आफूलाई व्यस्त राख्नुपर्ने सुझाव दिए ।

वीरगंज नर्सिङ् क्याम्पसकी प्रमुख डा. कल्पना पौडेलले मानसिक स्वास्थ्यका बारेमा सचेतना फैलाउने अभिप्रायका साथ कार्यक्रमको आयोजना गरिएको बताए । हरेक व्यक्ति मानसिक रुपमा स्वस्थ हुनुपर्ने आवश्यक्ता औँल्याउँदै उनले सामाजिक सञ्जाल, बेरोजगारी, प्रेम, कुलत लगायतका कारण मानसिक स्वास्थ्य बिग्रिन सक्ने तर्क गरिन ।

‘मानसिक स्वास्थ्य : सबैको अधिकार’ भन्ने नारासहित मनाईएको विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा वीरगंज नर्सिङ् क्याम्पसमा अध्ययनरत छात्रा–छात्रहरुले सन्देशमुलक नाटक पनि प्रस्तुत गरेकाे जनस्वास्थ्य निरीक्षक अनिशकान्त कुशवाहले जानकारी दिए ।

वीरगंजकाे घण्टाघरमा भएको कार्यक्रममा दिब्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेल, नारायणी अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) की इन्चार्ज हेमा थापा, बरिष्ठ मानसिक रोग विशेषज्ञ डा. रामप्रकाश साह, डा. अनुप कृष्ण गुप्ता, डा. नीतु बस्नेत, वीरगंज महानगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल लगायतको उपस्थिती रहेको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...