Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

ब्युटिसियन पुनमकाे हत्या आराेपमा छपकैया कै इमरान पक्राउ

spot_img
spot_img

वीरगंज । वीरगंज १ छपकैया निवासी ब्युटिसियन पुनम देवीकाे हत्या आराेपमा प्रहरीले छपकैया कै २५ बर्षिय ईमरान मियाँलाई पक्राउ गरेकाे छ । 

भारत विहार जिल्ला सितामढी नरहा ग्राम घर भई हाल छपकैया बस्दै आएकी गगनदेव प्रसादको श्रीमती ४० बर्षिय पुनमकाे शुक्रबार विहान हत्या भएकाे थियाे । बिहिबार राती खाना खाई आफ्नै सुत्ने कोठाको ओछ्यानमा एक्लै सुतेको अवस्थामा घर भित्र चाेरी गर्ने उद्देश्यले प्रबेश गरेका इमरानले पुनमकाे हत्या गरेकाे प्रहरीले जनाएकाे छ ।

चाेरी गर्ने उद्देश्यले घर भित्र प्रबेश गरेका इमरानले १ फिट लामो फलामको छडले बारम्बार प्रहार गरि पुनमकाे हत्या गरेकाे अनुसन्धानबाट खुलेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक (एसपी) काेमल साहले वताए ।

उनका अनुसार अभियुक्त इमरानकाे घरमा बिबाद भए पश्चात शुक्रबार विहान ०१:५३ बजे आफ्नो घर नजिकै रहेको वीरगंज महानगरपालिकाकाे वडा नं १ को कार्यालयमा सुत्छु भनी गेट चढेर भित्र प्रवेश गरेकोमा भित्रको मूल ढोकाबन्द रहेको कारण बाहिर निस्की नजिकै रहेको मृतक पुनमको घरतर्फ गएका थिए । 

इमरान मृतकको घरको झ्यालको मदतले घरको छतमा चढी छतमा रहेको अं.१ फिट लामो फलामको छड् उठाइ घरभित्र प्रवेश गरेको र घर भित्र प्रवेश गर्दा निज मृतक जितिया पर्बको लागि तयारी गर्न उठिसकेको अबस्थामा जम्काभेट हुँदा महिला डराएर चिच्याउँदा अभियुक्तले हाँतमा रहेको फलामको छड्ले मृतकको टाउकोमा प्रहार गरेका थिए ।

मृतक पुनम वेहोस भई ढलेको कारण इमरानले नजिकको कोठाको ओछ्यानमा लगी राखेकाे र कोठाको बत्ती बालेर हेर्दा महिलाको आँखा खुलेको देखि पुनः सोही फलामको छडले पटक पटक टाउकोमा प्रहार गरी घरको मूल ढोका खोलेर बाहिरबाट चुकुल लगाइ पूर्वतर्फ भागेका थिए ।

लागू औषध प्रयोग गर्नको लागि चोरी गर्ने उदेश्यले इमरान मृतककाे घर भित्र प्रबेश गरेकाे प्रहरीकाे भनाई छ । 

घटनाको सूचना  प्राप्त हुनसाथ पर्सा प्रहरी प्रमुख एसपी साहकाे कमाण्डमा SOCO, तालिम प्राप्त कुकुर  सहितको प्रहरी टोली घटनास्थलमा खटी गई घटनास्थल तथा लाशजाँच मुचुल्का लगायतका कार्य पुरा गरी मृतककाे लाश पोष्टमार्टमको लागि नारायणी अस्पताल बीरगंजमा पठाइएको थियाे ।

शुक्रबार नै गरिएकाे पोष्टमार्टम पश्चात मृतककाे लास सदगतको लागि मृतकको श्रीमान गगनदेवले जिम्मा बुझी लगेका थिए । 

घटना अनुसन्धानको क्रममा शनिबार अभियुक्त इमरानलाई वीरगंज १ बाट नै नियन्त्रणमा लिई आइतबार जिल्ला अदालतबाट म्याद थप गरि घटना बारे थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले वताए ।

घटनास्थलबाट पुर्ब तर्फ रहेको धान खेतमा फालेको अबस्थामा पुनमकाे हत्यामा प्रयाेग भएका फलामको छड समेत बरामद भएकाे डिएसपी थापाले वताए ।

घटनाको अनुसन्धानको सिलसिलामा सुरुमा प्रहरीले मृतक पुनमको ‘कल डिटेल्स’ को आधारमा पक्राउ गरेका सुनिल सर्राफलाई रिहा गरेको छ । पुनमको हत्यामा संलग्नता नरहेको अनुसन्धानबाट पाइएको भन्दै प्रहरीले सर्राफलाई शनिबार छाँडेको जानकारी दिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...