Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

बिन्दवासिनी गापामा विद्यार्थीहरुकाे प्रदर्शन, समस्या समाधान गर्न अध्यक्ष तिवारीकाे प्रतिवद्धता

spot_img
spot_img

पर्सा । शिक्षक सरुवाकाे विराेधमा पर्साकाे बिन्दवासिनी गाउँपालिकामा विद्यार्थीहरु प्रदर्शन गरेका छन् । गाउँपालिका कार्यालयबाट गरिएकाे शिक्षक सरुवाकाे निर्णय फिर्ता लगायकाे माग गर्दै श्री नेपाल राष्ट्रिय माद्यमिक विद्यालय गर्दाैल र श्री राधा कृष्ण चाैरसिया माद्यमिक विद्यालय बहुअर्वा भाठ्ठाका विद्यार्थीहरु प्रदर्शन गरेका हुन् ।

गाउँपालिका कार्यालय अगाडीकाे मुल सडक समेत अवरुद्ध गरेर विद्यार्थीहरुले गरेकाे विराेध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकाे थियाे । प्रहरीले गरेकाे लाठी चार्जबाट आधा दर्जन विद्यार्थी घाइते समेत भएका छन् ।

घाइते हुनेमा विवेक कुमार कुर्मी, अरविन्द कुमार कुर्मी, खेम बहादुर गाेढ, विशाल यादव, अनुराग यादव, रुपेश कुमार रहेका छन् । घाइते मध्येका दुई जनाकाे टाउकाे फुटेकाे छ भने अन्यकाे हात खुट्टामा चाेट लागेकाे छ । घाइतेहरुकाे स्थानिय स्वास्थ्य संस्थामा उपचार गरिएपछि घर फर्केका छन् ।  

विद्यार्थीहरुले गरेकाे ढुंगामुडाबाट गाउँपालिका कार्यालयमा कार्यरत दुई कर्मचारी समेत घाइते भएका छन् । 

 विद्यार्थीहरुले गाउँपालिका कार्यालय अगाडीकाे सडक समेत जाम गरि प्रदर्शन गर्न थालेपछि सडक खुलाउन समान्य विद्यार्थीहरुकाे भिड मात्र हटाइएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक माेहन बिक्रम थापाले वताए ।

प्रहरीकाे लाठीबाट विद्यार्थीहरुकाे टाउकाे नफुटेकाे दाबी गर्दै उनले भाग्ने क्रममा लडेर केही विद्यार्थीहरुलाई समान्य चाेटपटक मात्र लागेकाे वताए ।

विद्यार्थीहरुले गाउँपालिकाबाट गरिएकाे शिक्षक सरुवा बदर हुनु पर्ने, नियमित कक्षा संचाल हुनु पर्ने, विद्यालयमा विज्ञान प्रयाेग शालाकाे व्यवस्था हुनु पर्ने, दिवा खाजा संचालन हुनु पर्ने, छात्रवृति वितरण हुनु पर्ने, विषयगत शिक्षककाे परिपुर्ति हुनु पर्ने लगायतका माग राख्दै प्रदर्शनमा उत्रेका थिए ।

सरुवा भएका शिक्षकहरुकाे उसकाहटमा विद्यार्थीहरु प्रदर्शनमा उत्रेकाे गाउँपालिका अध्यक्ष प्रमाेद तिवारीले वताए । उनले विद्यार्थीहरुलाई बाेलाएर समझाउँदा बुझाउँदा समस्या समाधान भएकाे वताए । विद्यार्थीहरुले राखेकाे समस्या तुरुन्तै समाधान हुने समेत अध्यक्ष तिवारीले वताए । 

श्री नेपाल राष्ट्रिय माद्यमिक विद्यालय गर्दाैलका विद्यार्थीहरु विद्यालयमा समेत ताेडफाेड गरेका छन् । विद्यार्थीहरुले कक्षा काेठामा रहेकाे केही बेन्च डेस्क र पंखाहरु ताेडफाेड गरेकाे प्रहरीले जनाएकाे छ ।

यस अघि शुक्रबार श्री रामसवरुप रामपृत चाैरसिया माद्यमिक विद्यालय झाेवाका विद्यार्थीहरु समेत प्रदर्शन गरेका थिए । उनीहरुले निमावि अंग्रेजी विषयका शिक्षिका अनुपा पटेलकाे सरुवा विराेधमा प्रदर्शन गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...