Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

प्रभु हस्पिटलको स्थापना दिवसमा कारागारमा रक्तदान तथा स्वास्थ्य परिक्षण

spot_img
spot_img

वीरगंज । प्रभु हस्पिटलकाे आयाेजनामा शनिबार वीरगंज कारागारमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

हस्पिटलले आफ्नाे चौथो स्थापना दिवसकाे अवसरमा कारागार परिसरभित्रै आयाेजना गरेकाे कार्यक्रममा  १ सय ५८ कैदीबन्दी सहित १ सय ६३ जनाले रक्तदान गरेका हुन् । 

कार्यक्रममा ५ जना सशस्त्र प्रहरीसहित १ सय ६३ जनाले रगतदान गरेकोमा त्यसमध्ये कैदीबन्दीको संख्या १ सय ५८ जना रहेको कारागार प्रमुख फणिन्द्र दाहालले जानकारी दिए ।

रक्तदान कार्यक्रमको उद्घाटन पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले रगत दान गर्ने कैदीबन्दीलाई रगत संकलन गर्ने पोका दिएर गरेका थिए ।

रगतदान गरेका कैदीबन्दीहरुलाई प्रजिअ रेग्मी, सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्य, प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापा, अस्पतालका सञ्चालकद्वय डाक्टर मनोज गुप्ता र डाक्टर लक्ष्मी थापा लगायतले रगतदान गरेको प्रमाणपत्र प्रदान गरेका थिए ।

रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधीक प्रमुख सौरभराज पाण्डे नेतृत्वको टोलीले प्राविधीक सहयोग गरेको थियो ।

शनिबार कारागारमै अस्पतालले महिला कैदीबन्दीहरुका लागि निःशुल्क स्वाास्थ्य चेकजाँच शिविर पनि आयोजना गरेको थियो । उक्त शिविरमा कारागारमा रहेका ६६ जना महिला केदीबन्दीहरुको स्वास्थ्य जाँच गरिएको थियो ।

डाक्टर लक्ष्मी थापा नेतृत्वमा रहेका चिकित्सकहरुको टोलीले उनिहरुको स्वास्थ्य जाँच गरी स्वास्थ्य समस्या देखिएका महिला कैदीबन्दीहरुलाई निःशुल्क औषधी वितरणपनि गरिएको अस्पतालका कार्यक्रम प्रमुख दिलिपराज कार्कीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम । बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको ढल्केबरमा २२५ पोका रगत सङ्कलन गरिएको छ । बाढी प्रभावित क्षेत्रमा रगतको आवश्यकता...

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र नुवाकोटको अवलोकन

नुवाकोट ।  राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटको अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले जिल्ला विपद् व्यवस्थापन समितिबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज...

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

जनकपुरधाम । धनुषामा प्रहरीले १९७ ग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी...