Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

विद्यार्थीहरुलाई थुन्ने कार्यकाे विद्यार्थी संगठनद्वारा भर्त्सना

spot_img
spot_img

वीरगंज । बीरगंज महानगरपालिकाकाे वडा नं. २४ स्थित रहेको श्री शारदा माद्यमिक विद्यालय बहुअरी सुगौलीका विद्यार्थीहरुले पठनपाठन नियमित सञ्चालन हुनु पर्ने अवाज उठाउदा थुन्ने, कुटने र थुनामा पठाउन लगाउने कार्य भइरहेकाे आराेप लागेकाे छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन वीरगंज महानगर कमिटीले एक प्रेस विज्ञप्ती जारी गर्दै विद्यार्थीहरुले आफ्नाे अधिकारकाे लागि अवाज उठाउदा थुन्ने, कुटने र थुनामा पठाउन लगाउने कार्य  गैर जिम्मेवार कार्य भएकाे वताउँदै भर्त्सना समेत गरेकाे छ । 

संगठनका अध्यक्ष आशिफ अहमदले प्रेस विज्ञप्ती जारी गर्दै शारदा मावि विगत केही महिनादेखी अस्त व्यस्त हुँदै गएको जनाएकाे छ । संगठनले विज्ञप्ती मार्फत विद्यालयमा नियमित कक्षा संचालन नहुने, पुरै समय र समयमा कक्षा संचालन नहुने भएकोले वीरगंज महानगरपालिकाकाे शिक्षा महाशाखालाई पटक पटक जानकारी गराउँदा पनी कुनै चासो नदेखाएकाे आराेप समेत लगाएकाे छ ।

 

मधेश प्रदेशको एक मात्र वीरगंज महानगरपालिकामा रहेकाे प्राविधिक विषय पढाई हुने सामुदायिक सारदा माविमा कक्षा ११ र १२ लगायत प्राविधिक तर्फका शिक्षक छैनन्, नियमित कक्षा संचालन हुँदैन प्रअ विद्यालयमा बस्दैनन्, शिक्षक समयमा नआउने गरेकाे जारी विज्ञप्तीमा उल्लेख गरिएकाे छ । विद्यार्थीहरुले सो समस्या बारे अवगत गराउँदा पनि शिक्षा महाशाखामा कुनै कदम नचालनु गैर जिम्मेवार कार्य भएकाे संगठनकाे भनाई छ ।

दुई दिन पहिला मात्र विद्यालयमा विद्यार्थीहरु नियमित कक्षा सञ्चालनको माग गरेपछि थुनामा परेको घटना बाहिरिएकाे थियाे ।

विद्यालयको पशु विज्ञान र कृषि सङ्कायको कक्षा सञ्चालन गर्न माग गरेपछि विद्यार्थीलाई त्यही विद्यालयका शिक्षकहरुले थुनेर राखेको घटना सार्वजनिक भएको थियाे । पठनपाठन नियमित सञ्चालन गर्न माग गरेपछि विद्यालय प्रशासनले आफूहरुलाई कुटपिट गर्नाका साथै घन्टौँ थुनेर राखेको विद्यार्थीहरुले आरोप लगाएका थिए ।

दैनिक सात घण्टी पढाइ हुनुपर्नेमा एक घण्टीसमेत पढाइ नभएको जानकारी महानगरपालिकाको शिक्षा महाशाखामा गराउँदा समेत कुनै सुनुवाइ नभएको विद्यार्थीहरुले गुनासो छ । विद्यालय प्रशासनले आफूहरुबाट सबै शुल्क असुल गरे पनि अहिलेसम्म पूरै किताबसमेत उपलब्ध नगराएका कारण दोस्रो वर्षको पहिलो सेमेस्टर परिक्षामा ११ मध्ये एकजना मात्र उत्तीर्ण भएको विद्यार्थीहरु बताउँछन् ।

यस विषयमा बुझ्न विद्यालयका प्रअ विनाेद मेहतासंग फाेनमा सम्पर्क गर्न खाेज्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।

महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले भने विद्यालयमा अध्यापन गराउने शिक्षकले तलब नपाएका कारण पढाइ नभएकोे जानकारी दिए । उनले शिक्षकको सबै तलब समयमै पठाएको विद्यलायको प्रतिवेदनबाट देखिएपछि घटनाको छानबिन शुरु गरिएको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...