Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

रामनगरीमा दुई महिलासहित ३१ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरीमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । नेपाल रेडक्रस साेसाइटी रामनगरी उप शाखा र रामनगरी युवा समाजकाे आयाेजनामा भएकाे कार्यक्रममा दुई महिलासहित ३१ जनाले रक्तदान गरेका हुन् ।

रामनगरीस्थित स्वास्थ्य चाैकी एवम् छठघाट प्राङ्गणमा भएकाे कार्यक्रममा अनुराधा पटेल, अन्जली यादव, जयनरेश साह, अमिर शर्मा, प्रभात पण्डित, रन्जित साह, अमित साह, प्रबिन पटेल, पप्पु साह, सुबाश सहनी, एकबाल चौधरी, कमलेश गुप्ता, राजेश पटेल, मुना चौधरी, बिन्देश्वरी राउत, साजन सहनी, रोशन साह, सोनालाल राउत लगायतले रक्तदान गरेकाे रेडक्रस रामनगरी ‍उपशाखाका अध्यक्ष हरिन्द्र साहले जानकारी दिनुभयाे ।

रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा भएकाे रक्तदान कार्यक्रममा जनहित बचत तथा ऋण सहकारी संस्था, स्थानिय शिक्षक रामपुजन राउत कुर्मी, राजेन्द्र प्रसाद तेली, वृजकिशाेर पटेल, रामप्रबेश साह, स्मार्ट इनसिएटिभ, पिन्टु साह लगायतले सहयाेग गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...