Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

नेपाल भारतसंग २३ रनले पराजित

spot_img
spot_img

वीरगंज । १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । २ सय ३ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९ रन जोड्यो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १५ बलमा चार छक्कासहित ३२ र सन्दीप जोराले १२ बलमा ३ छक्कासहित २९ रन बनाए । कुशल भुर्तेलले २८, कुशल मल्ल २९ र आसिफ शेखले १० रन बनाए । कप्तान रोहित पौडेलले ३ रन मात्र जोड्न सके । सोमपाल कामी ७ र गुल्सन झा ६ रन बनाएर आउट भए ।

भारतका रवि विस्नोई र आभेस खानले ३/३ र अर्सदिप सिंहले २ विकेट लिए। १४०/५ को अवस्थामा रहेको नेपालले सोही स्थितीमा जोरालाई गुमाएपछि थप संकटमा परेको थियो ।

नेपालले २९ रन जोड्द पहिलो विकेट गुमाएको थियो । ७६-२ को अवस्थामा नेपालले एक रनको अन्तरमा दुई विकेट गुमाएको थियो । नेपालले खेलमा १४ छक्का र ११ चौका प्रहार गरेको थियो ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन जोडेको थियो ।

भारतका यसस्वी जैसवाल एक सय रन जोडेर आउट भए । उनले ४८ बलमा सतक पुरा गरेका थिए । रुतुराज गाइक्वाडले २५ रन बनाए । रिंकु सिंहले १५ बलमा ३७ रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट हात पारे । भारतले एक सय ३ रन जोड्दा पहिलो विकेट गुमाएको थियो । भारतले अन्तिम दुई ओभरमा मात्र ३९ रन जोड्यो ।

अविनाश बोहराले २० औँ ओभरमा २५ रन खर्चिएका थिए । अविनाशले ४ ओभरमा ५३ रन दिए । सन्दीपले ३ ओभरमा २८, सोमपालले ४ ओभरमा ३८, रोहित पौडेलले ३ ओभरमा २६ र दीपेन्द्रले ४ ओभरमा ३१ रन खर्चिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...