Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

मुल्य वृद्धिकाे विरुद्धमा जनमत पार्टीकाे प्रदर्शन

spot_img
spot_img

वीरगंज । इन्धन लगायत दैनिक उपभाेग्य वस्तुमा दिनहुँ भईरहेकाे मुल्यवृद्धि विरुद्ध वीरगन्जमा जनमत पार्टीले प्रदर्शन गरेकाे छ ।

जनमत पार्टीका युवा, विद्यार्थी र महिला नेता कार्यकर्ताले घण्टाघर चाेकमा नाराबाजीसहित विराेध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी जनमतका नेता कार्यकर्ताले मुल्यवृद्धी बन्द गर, जनताकाे डाढ सेक्न पाइदैन, नेपाल सरकार खबरदार लगायतका नारा लगाएका थिए ।

प्रदर्शनपछि घणटघर चाेकमै आयाेजित काेण सभामा बाेल्दै जनमत पार्टी पर्साका संयाेजक ओमप्रकाश सर्राफले प्रचण्ड नेतृत्वको सरकार जनतामारा साबित भइरहेकाे बताए । आम सर्वसाधारण जनता र मजदुरकाे काम नपाएर आम्दानी घट्दै गएकाे र युवाहरुकाे राेजगारी खाेसिदै गएकाे बेला सरकारले दैनिक उपभाेग्य वस्तुमा दिनहुँ मुल्य वृद्धि गरेर जनतामारा काम गरिरहेकाे उनले बताए ।

मुल्य वृद्ध तत्काल नराेकिए जनताकाे साथलिएर जनमत पार्टी सडक आन्दोलनमा उत्रिने चेतावनीसमेत उनले दिए ।

प्रदर्शनम जनमत पार्टीका केन्द्रीय सदस्य सिपु तिवारी, पर्सा सह इन्जार्ज मुकेश द्विवेदी, युवा जनमत संघ पर्साका संयाेजक राजुराज गिरी, विद्यार्थी जनमत संघ पर्साका संयाेजक विवेक झा, युवा जनमत संघका वीरगंज महानगर संयाेजक सन्जय सिंह, विशाल गुप्ता, पवन ठाकुर लगायतको सहभागीता थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...