Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

विमितकाे घरमै पुगेर मृत्यु दाबीकाे चेक हस्तान्तरण

spot_img
spot_img

वीरगंज । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स वीरगंज शाखाले आइतबार एक परिवारलाई मृत्यु दाबीकाे भुक्तानी विमितकाे घरमै पुगेर गरेकाे छ । 

विरगंज महानगरपालिकाकाे वडा नं. २८ दर्दवा टोल निवासी पवन राउतको ५८ बर्षिय आमा लालगुन देवीको मृत्युदाबी रु ५ लाख ३९ हजार ३७५ काे चेक उनकाे घर मै पुगेर एक कार्यक्रमकाे बिच हस्तान्तरण गरिएकाे इन्स्याेरेन्स वीरगंज शाखाकी सुस्मिता कुमारी जयसवालले जानकारी दिइन ।

जयसवालका अनुसार २०८० साउन १२ गते मृत्यु भएका लालगुनले २०७७ सालमा आफ्नाे बिमा गराएकी थिइन । ५ लाखकाे बिमा गराएकी उनकाे परिवारलाई विमांक रकम र नियम अनुसारकाे वाेनस जाेडेर विमा कम्पनीले एकमुस्ट भुक्तानी गरेकाे हाे । 

इन्स्याेरेन्स वीरगंज शाखाका प्रबन्धक नवि रसुल अन्सारी, शैलेन्द्र कुमार झा, सुस्मिता जयसवाले संयुक्त रुपमा विमितका छाेरा पवनलाई साे चेक हस्तान्तरण गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...