Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

वीरगंज बाल सुधारगृहबाट फरार बालकैदीहरु पक्राउ 

spot_img
spot_img

वीरगंज । बाल सुधार गृह वीरगंजबाट फरार दुई जना बालकैदीहरु पक्राउ परेका छन् । वीरगंज महानगरपालिकाकाे वडा नं. ४ बिर्तास्थित रहेकाे बाल सुधार गृहबाट फरार दुबै जनालाई प्रहरीले ४८ घण्टामा नियन्त्रणमा लिन सफल भएकाे हाे ।

बाल सुधार गृहका फरार दुईजना बालकैदीहरु पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले जानकारी दिए ।

उनले फरार मध्ये एक जना शनिबार राति सर्लाहीकाे भारतिय सिमाबाट र एक जना सिराहाकाे भारतिय सिमाबाट आइतबार विहान पक्राउ परेकाे वताए । दुबै जनालाई जिल्ला ल्याउने कार्य भइरहेकाे डिएसपी थापाले वताए ।

गएको शुक्रबार बिहान २ बजेको समयमा दुबै जना सुधार गृहकाे छतमाथिकाे काँडेतार काटेर फरार भएका थिए ।

फरार भएका कैदीहरू मधेश प्रदेशको सर्लाही र सिराहा जिल्लाका थिए । दुबै जना मध्ये एक जना कर्तव्य ज्यान मुद्दा र एक जना जबरजस्ती करणी मुद्दामा बाल सुधार गृहमा राखिएकाे थियाे ।

प्रहरीका अनुसार सुधार गृहका दुईजना फरार भएका कैदी वीरगंजकाे रेल्बे राेड हुँदै शंकराचार्य गेट तर्फ गएकाे सिसि टिभि क्यामेरामा देखिएका थिए । 

उनीहरू शुक्रबार बिहान ५ बजेको समयमा सँगै एकआपसमा कुराकानी गर्दै खाली खुट्टा हिँडेर वीरगंज भन्सार तर्फ गइरहेको अवस्थामा प्रहरीको सिसिटिभी क्यामेरामा देखिएका थिए ।

फरार कैदीहरु भारत तर्फ गएकाे शंकाकाे आधारमा प्रहरीले रक्साेलमा पुगेर रेल्वे स्टेसनको क्यामेरा पनि चेकजाँच गरेको भए पनि उनीहरू देखिएका थिएनन् ।

भदौ २६ गते मात्रै भक्तपुर बाल सुधार गृहबाट वीरगंज बाल सुधार गृहमा ल्याइएका बालकैदी र यहाँ पहिल्यैदेखि बस्दै आएकाहरूबिच झडप भएको थियो । झडपमा दुई जना प्रहरीसहित १३ जना घाइते समेत भएका थिए ।

झडप पश्चात् भक्तपुरको सुधार गृहबाट ल्याइएका मध्येका १५ जना बालकैदीहरूलाई हाल जिल्ला प्रहरी कार्यालय पर्साको थुनुवा कक्षमा राखिएको छ ।

झडप हुनु भन्दा पहिला सुधार गृहमा प्रहरी सहायक निरिक्षक (असई)को नेतृत्वमा सादा पोशाकका सात जना प्रहरीहरू खटाइएको थियो भने हाल नौ जना प्रहरीलाई खटाइएको छ । 

हाल ६० जना बस्ने क्षमता रहेको बाल सुधार गृहमा १ सय २६ जनालाई राखिएको छ । १०/११ को सांघुरो एउटा कोठामा १४/१५ जना बालबालिकाहरू बस्नु पर्ने बाध्यता रहेको छ । एउटा कोठामा खाटमाथि खाट राखेर बालकैदीबन्दीहरूलाई बस्न लगाइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...