Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

चाेरीकाे चाँन्दीसहित आराेही ज्वेलर्सका जयप्रकाश पक्राउ

spot_img
spot_img

वीरगंज । सुनसरी जिल्लाकाे धरानमा भएकाे चाेरीमा वीरगंजका सुनचाँन्दी व्यवसायीकाे सलंग्नता देखिएकाे छ । चार साताअघि धरानकाे एक सुनचाँदी फसलमा भएकाे चाेरीमा वीरगंजका एक जना सुनचाँन्दी व्यसायीकाे सलंग्नता देखिएकाे हाे ।

भदौ १६ गते धरान वडा नं. ३ दोभान चोक स्थित विशाल लिम्बुको घरमा भाडा लिएर जोडन ज्वलेर्स सञ्चालन गर्ने सुनिल विश्वकर्माको पसल फोडेर १६ किलाे चाँदी र चार भर सुन चोरी भएको थियो ।

चाेरी भएकाे सुनचाँन्दी वीरगंजकाे पसलमा बिक्री भएकाे प्रहरी अनुसन्धानबाट खुलेकाे छ । चाेरी भएकाे ५.९ किलाे चाँन्दीसहित वीरगंजस्थित आराेही ज्वेलर्सका संचालक जय प्रकाश कुमार साेनारलाई प्रहरीले पक्राउ समेत गरेकाे छ ।

असाेज १० गते पर्सा प्रहरीले वीरगंजस्थित उनकै पसलबाट जयप्रकाशलाई पक्राउ गरेर सुनसरी प्रहरीलाई बुझाएकाे थियाे । पक्राउ परेका जय प्रकाश विरुद्ध चाेरी कसुरमा मुद्दा दर्ता गरि थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नवीन कृष्ण भण्डारीले जानकारी दिए । उनकाे पसलबाट चाेरीकाे ५‍.९ किलाे चाँन्दी समेत भएकाे उनले वताए । 

प्रहरी स्राेतका अनुसार पक्राउ परेकाे जयप्रकाशसंग सुनचाँन्दी चाेरी गर्ने चाेरीसंग फाेनमा बारम्बार कुरा समेत भएकाे देखिएकाे छ । उनले चाेरीकाे चाँन्दी भएकाे थाहा हुदाँ हुदै पनि विना विल विजककाे ठूलाे परिणाममा चाँन्दी खरिद गरेकाेले उनकाे सलंग्ना देखिएकाे हाे ।

उनी विगत लामाे समयदेखि यस्ता गतिविधिमा सलंग्न रहेकाे स्थानियहरुकाे भनाई छ । उनीहरुका अनुसार उनकाे दाईकाे काठमाडाैंमा समेत सुनचाँन्दी पसल रहेकाेले वीरगंजदुखि काठमाडाैं सम्म चाेरी र तस्करीकाे सुनचाँन्दी कम भाउँमा खरिद गरि ओसारपाेसार गर्ने गरेका छन् ।

उनकाे यस्ताे गतिविधिले वीरगंजकाे सुनचाँन्दी व्यवसायीकाे प्रतिष्ठा माथि समेत खलल पुगेकाे व्यवसायीहरु वताउँन्छन् ।

विना विल विजककाे सुनचाँन्दी खरिद गर्नु कार्य गलत भएकाे सुनचाँन्दी व्यवसायी संघ पर्साका अध्यक्ष भुलन साह साेनारले वताए । आफु प्रहरी अनुसन्धानमा सहयाेग गरिरहेकाे समेत उनले वताए ।   

तर पक्राउ परेका जयपक्राशलाई छुटाउन केही नेता र सुनचाँन्दी व्यवसायीहरु सक्रिय देखिएका छन् । 

यस अघि नै चाेरीकाे घटनामा सलंग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको थियाे । पक्राउ परेकाहरुकाे व्यानकाे आधारमा चाेरीकाे चाँदी बिक्री भएकाे पसल पता लगाउन प्रहरीलाई सहज भएकाे थियाे । पक्राउ परेका मध्ये पनि एक जना वीरगंज कै रहेका छन्  ।

प्रहरीले विरगंज महानगरपालिका वडा नं. ३२ का ३२ वर्षिय महमद बसिर मियाँ र भारत मोतिहारी घोडासैन घर भई हाल भरतपुर महानगरपालिका वडा नं. १२ का १९ वर्षे रितु साहलाई पक्राउ गरेको हो ।

उनीहरूका साथबाट प्रहरीले झन्डै चार आनाको घाटीमा लगाउने जन्तर जस्तो देखिने गहना एक थान, चाँदीको सिक्री एक तोलाको एक थान र पाँच तोला चाँदीको पाउजु बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी भण्डारीले जानकारी दिए ।

 प्रहरीले सो घटनाको अनुसन्धान गर्न प्रहरी निरीक्षकको कमाण्डमा तीन जना प्रहरी परिचालन गरेको थियो ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...