Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

चाेरीकाे चाँन्दीसहित आराेही ज्वेलर्सका जयप्रकाश पक्राउ

spot_img
spot_img

वीरगंज । सुनसरी जिल्लाकाे धरानमा भएकाे चाेरीमा वीरगंजका सुनचाँन्दी व्यवसायीकाे सलंग्नता देखिएकाे छ । चार साताअघि धरानकाे एक सुनचाँदी फसलमा भएकाे चाेरीमा वीरगंजका एक जना सुनचाँन्दी व्यसायीकाे सलंग्नता देखिएकाे हाे ।

भदौ १६ गते धरान वडा नं. ३ दोभान चोक स्थित विशाल लिम्बुको घरमा भाडा लिएर जोडन ज्वलेर्स सञ्चालन गर्ने सुनिल विश्वकर्माको पसल फोडेर १६ किलाे चाँदी र चार भर सुन चोरी भएको थियो ।

चाेरी भएकाे सुनचाँन्दी वीरगंजकाे पसलमा बिक्री भएकाे प्रहरी अनुसन्धानबाट खुलेकाे छ । चाेरी भएकाे ५.९ किलाे चाँन्दीसहित वीरगंजस्थित आराेही ज्वेलर्सका संचालक जय प्रकाश कुमार साेनारलाई प्रहरीले पक्राउ समेत गरेकाे छ ।

असाेज १० गते पर्सा प्रहरीले वीरगंजस्थित उनकै पसलबाट जयप्रकाशलाई पक्राउ गरेर सुनसरी प्रहरीलाई बुझाएकाे थियाे । पक्राउ परेका जय प्रकाश विरुद्ध चाेरी कसुरमा मुद्दा दर्ता गरि थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नवीन कृष्ण भण्डारीले जानकारी दिए । उनकाे पसलबाट चाेरीकाे ५‍.९ किलाे चाँन्दी समेत भएकाे उनले वताए । 

प्रहरी स्राेतका अनुसार पक्राउ परेकाे जयप्रकाशसंग सुनचाँन्दी चाेरी गर्ने चाेरीसंग फाेनमा बारम्बार कुरा समेत भएकाे देखिएकाे छ । उनले चाेरीकाे चाँन्दी भएकाे थाहा हुदाँ हुदै पनि विना विल विजककाे ठूलाे परिणाममा चाँन्दी खरिद गरेकाेले उनकाे सलंग्ना देखिएकाे हाे ।

उनी विगत लामाे समयदेखि यस्ता गतिविधिमा सलंग्न रहेकाे स्थानियहरुकाे भनाई छ । उनीहरुका अनुसार उनकाे दाईकाे काठमाडाैंमा समेत सुनचाँन्दी पसल रहेकाेले वीरगंजदुखि काठमाडाैं सम्म चाेरी र तस्करीकाे सुनचाँन्दी कम भाउँमा खरिद गरि ओसारपाेसार गर्ने गरेका छन् ।

उनकाे यस्ताे गतिविधिले वीरगंजकाे सुनचाँन्दी व्यवसायीकाे प्रतिष्ठा माथि समेत खलल पुगेकाे व्यवसायीहरु वताउँन्छन् ।

विना विल विजककाे सुनचाँन्दी खरिद गर्नु कार्य गलत भएकाे सुनचाँन्दी व्यवसायी संघ पर्साका अध्यक्ष भुलन साह साेनारले वताए । आफु प्रहरी अनुसन्धानमा सहयाेग गरिरहेकाे समेत उनले वताए ।   

तर पक्राउ परेका जयपक्राशलाई छुटाउन केही नेता र सुनचाँन्दी व्यवसायीहरु सक्रिय देखिएका छन् । 

यस अघि नै चाेरीकाे घटनामा सलंग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको थियाे । पक्राउ परेकाहरुकाे व्यानकाे आधारमा चाेरीकाे चाँदी बिक्री भएकाे पसल पता लगाउन प्रहरीलाई सहज भएकाे थियाे । पक्राउ परेका मध्ये पनि एक जना वीरगंज कै रहेका छन्  ।

प्रहरीले विरगंज महानगरपालिका वडा नं. ३२ का ३२ वर्षिय महमद बसिर मियाँ र भारत मोतिहारी घोडासैन घर भई हाल भरतपुर महानगरपालिका वडा नं. १२ का १९ वर्षे रितु साहलाई पक्राउ गरेको हो ।

उनीहरूका साथबाट प्रहरीले झन्डै चार आनाको घाटीमा लगाउने जन्तर जस्तो देखिने गहना एक थान, चाँदीको सिक्री एक तोलाको एक थान र पाँच तोला चाँदीको पाउजु बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी भण्डारीले जानकारी दिए ।

 प्रहरीले सो घटनाको अनुसन्धान गर्न प्रहरी निरीक्षकको कमाण्डमा तीन जना प्रहरी परिचालन गरेको थियो ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...