Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

नारायणी अस्पतालकाे प्रथम बार्षिकाेत्सव सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले उपचारका लागि आउने बिरामीसंग गर्ने व्यवहारमा सुधार ल्याउन नारायणी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई सुझाव दिएका छन् ।

वीरगंजस्थित नारायणी अस्पतालकाे स्थापनााकाे १३१ वर्ष पुरा भएकाे उपलक्ष्यमा शनिबार आयाेजित प्रथम वार्षिकाेत्सव समाराेहलाई सम्बाेधन गर्दै मेयर सिंहले यस्ताे सुझाव दिएका हुन् ।

कार्यक्रममा सहभागी चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई इंगीत गर्दै मेयर सिंहले भने,`आज स्वास्थ्यमन्त्री ज्यु आएका बेला तपाई सबै जना एप्राेन लगाएर चिटिक्क भएर आउनु भएकाे छ । तर बिरामीलाई सेवा दिने बेला तपाईहरुकाे व्यवहार अलग हुन्छ । त्यसकारण मन्त्री ज्यु आउँदा जसरी चिटिक्क परेर आउनु भएकाे छ । त्यसरी नै बिरामीको उपचार गर्दा  र सेवा दिदाँ तपाईहरुकाे व्यवहारपनि त्यस्तै सुमधुर र बिरामीमैत्री हाेस् भन्ने चाहन्छु ।’

मेयर सिंहले नारायणी अस्पतालमा सरकारले निर्माण गर्ने निर्णय गरेकाे ५ सय शैयाकाे भवनकाे विषयमा  अदालतमा विचाराधीन मुद्दालाई छिट्टै टुंगो लगाउन कार्यक्रममा सहभागी स्वास्थ्यमन्त्री माेहन बहादुर बस्नेतसंग आग्रह गरे ।

उनले नारायणी अस्पतालमै मृगाैला प्रत्याराेपण (किड्नी ट्रान्सप्लाण्ट) सेवा सञ्चालनका लागि मन्त्री बस्नेतसंग अनुराेध गर्दै त्यसका लागि आवश्यक भवन निर्माण वीरगंज महानगरपालिकाले गरिदिने प्रतिबद्धता पनि जनाए ।

उनले नारायणी अस्पतालमा रहेका कमीकमजोरी सुधार्न सबै जना एकजुट भएर लाग्न आवश्यक भएकाेपनि बताए ।

कार्यक्रममा अस्पताललाई सहयाेग गरेको भन्दै मेयर सिंहलाई दाेसल्ला र कदरपत्रले सम्मानित पनि गरिएको थियाे ।

अस्पतालका निमित्त मेसु डा. चितरञ्जन साहकाे अध्यक्षता तथा स्वास्थ्यमन्त्री बस्नेतकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्यमन्त्री वीरेन्द्र सिंह, प्रतिनिधि सभा सदस्यहरु प्रदीप यादव, अजय चाैरसिया, प्रभु हजरा, वीणा जयसवाल, प्रदेश सभा सदस्यहरु जनार्दन सिंह क्षेत्री, श्याम पटेल लगायतकाे सहभागीता थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...

दशैंमा पनि खुलेन पोखरिया र सखुवा प्रसौनीको खाता, कर्मचारी–शिक्षकको तलब अन्योलमा

वीरगंज । पर्साका दुई स्थानीय तहको बैंक खाता अझै सञ्चालनमा आउन नसक्दा पालिकाको आर्थिक कारोबार ठप्प भएको छ । पोखरिया नगरपालिका र सखुवा प्रसौनी...

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...