Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

सुधार गृह बनाउने जिम्मा कसकाे ? (सम्पादकीय)

spot_img
spot_img
मधेश प्रदेशकाे एक मात्र बाल सुधार गृह वीरगंजबाट शुक्रबार विहान मात्र दुई जना बालकैदीहरु फरार भएका छन् । उनीहरु अझै सम्म पक्राउ पर्न सकेका छैनन् । केही दिन पहिला मात्र सुधार गृहका बालबालिकैदीहरु ताेडफाेड गर्दै प्रदर्शन समेत उत्रेका थिए ।
 
डेढ कट्ठा क्षेत्र फलमा मात्र रहेकाे सुधार गृहकाे भवनकाे ९ वटा काेठामा बालकैदीहरु बस्दै आएका छन् । वाकी काेठामा कार्यालय संचालन छ । १०/११ काे एउटा काेठामा १४/१५ जना सम्म बस्दै आएका छन् । जहाँ एउटै काेठामा खाटमाथि खाट राखेर एउटै सानाे खाटमा ४ जना सम्म बस्नु पर्ने बाध्यता छ । यत्राे गर्मी माैसममा विधुत लाइन कट्याे भने वैकल्पिक व्यस्था पनि छैन् ।
 
यसका साथै ६० जना मात्र बस्न सक्ने क्षमता भएकाे बाल सुधार गृहमा हाल १२६ जना राखिएका छन् । जुन सुधार गृह भित्र खालि ठाउँ र खेल मैदन पनि छैन् । न कुनै खेल सामग्री नै छ । केही पुस्तकहरु पनि रहेकाे पुस्कालय र टिभि पनि अहिले संचालनमा छैन् । पढदै गरेकाे बालबालिकाहरु पनि सुधार गृह भित्र पढाईबाट बन्चित छन् । प्रयाप्त खानेपानीकाे सुविधा पनि छैन ।
 
त्यसले यसलाई सुधार गृह भन्ने की याताना गृह ? के यसलाई व्यवस्थित गर्न जिम्मेवारी कसैकाे हाेइन । यस तर्फ किन कसैकाे ध्यान जान सकेकाे छैन् । प्रदेश भित्र रहेकाे एक मात्र बाल सुधार गृहलाई पनि प्रदेश सरकारले बनाउन अर्थात व्यवस्थित गर्न सक्दैन ?
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...