Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

जगरनाथपुरकाे सन्ठीमा नि:शुल्क आँखा शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ सन्ठीमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ ।

नेपाल नेत्रज्योति संघ पर्सा शाखाको मुख्य आयोजनाम तथा जगरनाथपुर गाउँपालिकाको स्थानीय आयोजनामा नि:शुल्क आँखा शिविर सम्पन्न भएको हो ।

शिविरमा २२८ जनाको आँखा चेकजाँच गरिएकोमा १०८ जनामा मोतिबिन्दुका बिरामी भेटिएको शिविरमा सहभागी चिकित्सकले जनाएका छन् ।

शिविरमा भेटिएका मोतिबिन्दुका बिरामीहरुको रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल परवानीपुरमा नि:शुल्क शल्यक्रिया गरिने आयोजक संस्थाले जनाएकाे छ ।

भगवती प्रसाद चौधरीको सभापतित्वमा र प्रदेश सांसद जनार्दन सिंह क्षेत्रीकाे प्रमुख आतिथ्यतामा भएकाे शिविरमा नेत्रज्योति संघका केन्द्रीय सदस्य श्याम कुमार पोखरेल, गाउँपालिका अध्यक्ष श्रीकान्त यादव लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...