Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

वीरगंज २१ मा निर्मित स्कूल भवनकाे सांसद यादवद्वारा उद्घाटन

spot_img
spot_img

वीरगंज । राउन्ड टेबल नेपालले वीरगंजकाे एक स्कूलमा निर्माण गरेको कक्षा कोठाको जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले उद्घाटन गरेका छन् ।

वीरगंज महानगरपालिका वडा नं. २१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र राज जोशी माध्यमिक विद्यालयमा राउन्ड टेबल नेपालले राउन्ड टेबल नेपाल – ३ सँगको सहकार्यमा निर्माण गरेको कक्षा कोठाको पूर्व मन्त्री समेत रहेका यादवले शुक्रवार उद्घाटन गरेका हुन् ।

उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका यादवले युवाहरूको संस्था राउन्ड टेबल नेपालले समाज प्रतिको आफ्नो दायित्वलाई बुझ्दै निरन्तर गर्दै आइरहेको परोपकारी कामको प्रशंसा गरे । शिक्षामा लगानी गरेर राउन्ड टेबल नेपालले देशको भविष्य निर्माणमा योगदान गरिरहेको बताउँदै अन्य सङ्घ/संस्थाहरूले पनि उनीहरूबाट प्रेरणा लिनुपर्ने बताए ।

युवा उद्यमीहरू मिलेर बनेको संस्थाले गरिरहेको कामलाई निरन्तरता दिन आग्रह गर्दै उनले नेपाल सरकारले पनि राउन्ड टेबल नेपाल जस्तो संस्थाका विशेष सम्मान गर्नुपर्ने बताए । यसका लागि आफूले सरकारसँग पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । 

“फ्रीडम थ्रु एजुकेसन” कार्यक्रम मार्फत ३० लाख रुपैयाँको लागतमा राउन्ड टेबल नेपाल – ३ ले स्कूलमा २ वटा कक्षाको कोठा निर्माण गरेको छ । एउटा कोठामा कम्तीमा पनि ५० जना विद्यार्थी अटाउने क्षमता रहेको संस्थाका अध्यक्ष अङ्कुर भंगरले जानकारी दिए ।

भंगरकै सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा राउन्ड टेबल नेपालका निवर्तमान अध्यक्ष राहुल अग्रवाल, वीरगंज २१ का वडाध्यक्ष राधा कृष्ण साह रौनियार, रूङ्गटा वेलफेयर सोसाइटीका अध्यक्ष सुरेश रूङ्गटा, जनता समाजवादी पार्टी नेपालका युवा नेता सरोज यादव लगायतको सहभागिता रहेको थियो ।

राउन्ड टेबल नेपालले यसअघि पनि वीरगंज लगायत पर्सा, बारा, रौतहट लगायत तराई – मधेसका जिल्लाहरूमा स्कूल निर्माणदेखि छात्रवृत्ति, पठनपाठन लगायत स्कूलका लागि आवश्यक सामग्रीहरू वितरण गर्दै आएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...