Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

स्वास्थ्य शिविरबाट दुई सय छात्राहरु लभान्वित

spot_img
spot_img

‍आनन्द पटेल /
वीरगंज । राष्ट्रिय मानव अधिकार तथा भ्रष्टाचार नियन्त्रण नेपालका पूर्व अध्यक्ष स्वर्गीय परमानन्द चौधरीको बर्सी बर्खि कार्यक्रमको अवसरमा बिहीबार स्वास्थय शिविर कार्यक्रम सम्पन्न भएको छ ।

त्रिजुध माद्यमिक विद्यालयको प्राङ्गणमा भएकाे शिविरमा कक्षा १२ मा अध्ययनरत दुई सय जना छात्राहरुको चेकजाँच गरिएको थियो । श्री ओम अस्पतालको समन्वयमा भएको कार्यक्रममा अस्पतालका संचालक वरिष्ठ इस्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर जगदिप पटेल, डाक्टर पवन पटेलको टिमले छात्राहरुको खासगरी महिनावारी सम्बन्धी चेकजाँच गरिएको थियो ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले स्वर्गीय परमानन्द चौधरीले मानव अधिकार कर्मीको रूपमा गरेका राम्रा कामहरूको बारेमा चर्चा गरेका थिए । साथै एउटा इमान्दार र कर्मठ व्यक्तिको निधनले राष्ट्रलाई नै ठूलो क्षति भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले वताए ।

शिविरमा छात्राहरुको नियमित महिनावारी, पेट दुख्ने समस्या,समयमा महिनावारी नहुने, शरीर दुब्लो हुने, टाउको दुख्ने, खाना नरुच्ने, पिसाबमा इन्फेक्सन हुने लगायतका समस्याहरूको बारेमा ओम अस्पतालका चिकिस्तहरुले चेकजाँच गरेका थिए ।

शिविरमा विद्यालयमा अध्ययनरत छात्राहरुले पनि खुलेर आफ्ना समस्याहरू राखेका थिए । चेकजाँचपछि छात्राहरुलाई ओम अस्पतालको तर्फबाट निःशुल्क रूपमा औषधि वितरण समेत गरिएको अस्पतालका संचालक वरिष्ट इस्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर जगदीप पटेलले जानकारी दिए ।

साथै संचालक पटेलले राष्ट्रिय मानव अधिकार तथा भ्रष्टाचार नियन्त्रण नेपाल संस्थाको सहकार्यमा आफ्नो हस्पिटल आउने दिनमा पनि कार्यक्रम गर्न तयार रहेको प्रतिबद्धता जनाए । डाक्टर पटेलले पनि स्वर्गीय परमानन्द चौधरीको खुलेर प्रशंसा गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार तथा भ्रष्टाचार नियन्त्रण नेपालका कोष अध्यक्ष संगिता पटेल, अजय पटेल, सरोज पटेल, ममता चौधरी, डाक्टर पवन कुमार, नवीन मिश्रा, सन्तोष पुन, सरोज बोहरा, राजेन्द्र प्रसाद साह, ओम अस्पतालका आसीम अन्सारी, सोनालाल साह सोनार, शक्ति विक्रम पटेल, अनुराग प्रजापति, दीपिका गिरी, रामभरोस यादव, सीमा कुमारी राम, दीपक कुमार यादव लगायतकाे विशेष सहयोग रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार तथा भ्रष्टचार नियन्त्रण नेपालका सुनील चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...