Date
सोम, भदौ १, २०८३
Mon, August 17, 2026

मानव अधिकारकर्मीकाे टाेलीद्वारा बाल सुधार गृह वीरगंजकाे अनुगमन

spot_img
spot_img

वीरगंज । मनाव अधिकारकर्मीहरुले बिहिबार वीरगंजस्थित बाल सुधार गृहकाे अनुगमन गरेका छन् । इन्सेक प्रतिनिधि सहितकाे मानव अधिकारकर्मीहरुकाे टाेलीले सुधार गृहकाे अनुगमन गरेकाे हाे ।

बाल सुधार गृहकाे स्थलगत अवलाेकनबाट मापदण्ड बमाेजिम सुधार गृह संचालन नभएकाे भेटिएकाे इन्सेक बागमती प्रदेश संयाेजक गणेश भण्डारीले वताए ।

उनले सुधार गृहकाे क्षमता भन्दा दाेबर संख्यामा बालबालिकाहरु राख्दा समस्या हुने गरेकाे वताए । १०/११ काे सांघुराे एउटा काेठामा १४/१५ जना बालबालिकाहरु बस्नु पर्ने बाध्यता रहेकाे संयाेजक भण्डारीले वताए । 

६० जना बस्न सक्ने क्षमता भएकाे सुधार गृहमा हाल १२६ जना बस्दै आएका छन् । एउटा काेठामा खाट माथि खाट राखेर बालकैदीबन्दीहरुलाई बस्न लगाइएकाे छ ।

यसका साथै बालबालिकाहरुले पढन पाउनु पर्ने अधिकारबाट बन्चित भएकाे, खेलकाे सुविधा नभएकाे, खानेपानी लगायतकाे समस्या देखिएकाेले सम्बन्धित निकायमा समस्या समाधानकाे लागि पहल गर्ने आश्वासन संयाेजक भण्डारीले आश्वासन दिए ।

अवलाेकनकाे क्रममा सुधार गृहमा देखिएकाे समस्या प्रतिवेदन मार्फत पेश गरिने मानव अधिकार आयाेग हेटाैडाका मानव अधिकार अधिकृत कृष्ण मिश्रले वताए ।

उनले सुधार गृहमा मानव अधिकार तथा बालअधिकारकाे पूर्ण पालना हुनु पर्ने वताउँदै त्यस्ताे नदेखिएकाेले सम्बन्धित निकायमा समाधानकाे लागि पहल गर्नु पर्ने आश्वासन समेत दिए ।

सुविधा सम्पन्न बाल सुधार गृह हुनु पर्ने बाल सुधार गृह वीरगंजका वाडेन कृष्ण प्रसाद साह गाेढले वताए । उनले खेल मैदान सहितकाे प्रयाप्त भवन भएकाे सुधार गृह हुनु पर्ने वताए । 

उनले भने “यसका साथै १८ बर्ष माथिकाे बालबालिकाहरुलाई अन्यत्र व्यवस्थापन गर्ने हाे भने बाल सुधार गृहमा धेरै जसाे समस्या समाधान हुने छ ।” 

अनुगमन टाेलीमा मानव अधिकार आयाेग हेटाैडाका मानव अधिकार अधिकृत लक्ष्मी पाैडेल, सिविन मकवानपुर व्यवस्थापन प्रमुख झविन्द्र ज्ञवाली, पत्रकार शम्भु कुमार सुमन, बाल सुधार गृह वीरगंजका प्रहरी सहायक निरिक्षक देवेन्द्र गिरी लागयतकाे सहभागिता रहेकाे थियाे ।

अनुगमन टाेलीले भदाै २६ गते सुधार गृहमा भएकाे घटनाकाे बारे समेत जानकारी लिएकाे थियाे । सुधार गृहकाे अवलाेकन पछि अनुगमन टाेलीले घटना बारे पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसंग पनि छलफल गरेकाे थियाे ।

जिल्ला प्रशासन कार्यालय पर्सामा मै पुगेर अनुगमन टाेलीले प्रमुख जिल्ला अधिकारी रेग्मीसंग घटना बारे बुझ्नुकाे साथै समस्या समाधान बारे छलफल गरेकाे थियाे ।

त्यसपछि अनुगमन टाेली जिल्ला प्रहरी कार्यालय पर्सा समेत पुगेर प्रहरी प्रवक्ता डिएसपी कुमार बिक्रम थापासंग घटना बारे जानकारी लिनुकाे साथै कारण बारे छलफल गरेकाे थियाे ।

भदाै २६ गते भक्तपुर बाल सुधार गृहबाट वीरगंज बाल सुधार गृहमा आएका बालबालिकाहरु र पहिलादेखि यँही रहेका बालबालिकाहरु बिच झडप भएकाे थियाे । झडप दुई जना प्रहरीसहित १३ जना घाइते समेत भएका थिए ।

अहिले भक्तुपुरबाट वीरगंज आएका १८ जना बालबालिकाहरु मध्ये १५ जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सञ्चार सामग्री जफत गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : पत्रकार महासंघ

काठमाडाैं । जनआस्था साप्ताहिक पत्रिकाको कार्यालयमा प्रहरी प्रवेश गरी कम्प्युटर, मोबाइल फोनलगायत सञ्चार सामग्री जफत गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ...

ग्यास बिक्रेता महासंघले सरकारलाई भन्यो : प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड

काठमाडौं । देशभरि खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला ग्यास बिक्रेता महासंघ नेपालले उद्योग र विभिन्न नामका बिक्री केन्द्रबाट भइरहेको ग्यासको प्रत्यक्ष बिक्री...

चार लाखभन्दा बढी मूल्यका अवैध औषधि सहित वीरगंजका राजेश पक्राउ

वीरगंज । पर्सा प्रहरीले वीरगंजबाट करिब ४ लाख १९ हजार रुपैयाँ मूल्य बराबरका अवैध औषधि बरामद गरेको छ । प्रहरीले अवैध औषधि बिक्री वितरण...