Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

परवानीपुरमा ७६ जनाद्वारा रक्तदान

spot_img
spot_img

आनन्द पटेल/
परवानीपुर । बाराको परवानीपुर गाउँपालिका वडा नं ४ चैनपुर चोकमा शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । न्यू रायजिङ युवा क्लबको आयोजनामा भएकाे रक्तदान कार्यक्रममा ७६ जनाले रक्तदान गरेका हुन् ।

रक्तदान गर्नेहरूमा नौसद देवान, प्रमोद राम, राहुल साह, हरिन्द्र ठाकुर, धुरुप पटेल, सुबाश पटेल, अजय कुमार ठाकुर, रुषत्म हवारी, ध्रुप पटेल, अरमान मियाँ, राहुल साह, हरिन्द्र ठाकुर, विजय राम, रामबहादुर महताे लगायतका रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी जसपाका युवा नेता तथा परवानीपुर गाउँपालिका अध्यक्ष प्रत्यासी सञ्जु साहले रगतको पोका दिएर कार्यक्रमको शुभारम्भ गरेका थिए । प्रमुख अतिथी साहले रक्तदान कार्यक्रमको आयोजना गरेको क्लबका सम्पूर्ण टिमलाई धन्यवाद दिँदै आउने दिनमा अझ सामाजिक कार्यमा लाग्न युवाहरुलाई आग्रह गरे ।

उनले आफू पनि प्रतेक बर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको र यो अभियान निरन्तर जारी राख्ने प्रतिबद्धता जनाए । खासगरी अहिलेका युवाहरुलाई कुलतमा लागेर आफ्नो र आफ्नो परिवारको जीवनलाई बर्बाद गरिरहेको देख्दा आफूलाई धेरै दुःख लागेको र युवा शक्ति जहिले पनि समाजमा केहि गरेर अगाडि बढने मनसायका साथ अगाडी बढन र त्यस्तो कार्यमा आफू हरसम्भव साथ र सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा स्वच्छ समाज युवा क्लबका अध्यक्ष भूपेन्द्र पटेलले शुभकामना दिँदै सबै मिलिजुली यस पालिकामा रगतको अभावलाई कम गर्न र परेको व्यक्तिलाई सहयोग गर्न आग्रह गरे । उनले सामाजिक कार्यको लागि आफ्नो क्लब पनि सधैं साथ र सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

न्यू रायजिङ युवा क्लबका अध्यक्ष लक्ष्मी राउत कुर्मीको अध्यक्षतामा भएकाे कार्यक्रममा क्लबका सचिव मनिकान्त साह, कोषाध्यक्ष फारूक हवारी, स्वच्छ समाज युवा क्लबका सचिव त्रिलोक प्रताप सिंह, सदस्य सरोज यादव, प्रमोद यादव, अखिल पटेल लगायत स्थानीय युवा, सुरक्षाकर्मी, सञ्चारकर्मी, न्यू रयाजिङ युवा क्लबका सदस्यहरु लगाएतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...