Date
शनि, जेष्ठ २३, २०८३
Sat, June 6, 2026

धोबिनीमा खेलुकद महासंघकाे पालिका स्तरिय भेला सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साको धोबिनी गाँउपालिकामा शनिबार नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस)को पालिका स्तरिय भेला सम्पन्न भएको छ । नेकपा एमालेका मेधश प्रदेश समिती सदस्य सलाउदिन अहमदको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी अहमदले मानव स्वास्थ्यका लागि खेलकुदले महत्वपूर्ण भुमिका खेलेको बताउँदै दैनिक जिवनमा शारिरिक व्यायम मान्छेका लागि अनिवार्य शर्तका रुपमा जोडिनु पर्ने कुरामा जोड दिएका थिए ।

उनले स्वास्थ्य शरीर नै मान्छेको असली सुख र आनन्द भएको र खेलकुद क्षेत्रको विकासले सामाजिक एकता र सम्मृद्धिको आधारशिला तयार हुने हुँदा खेलकुद विकासका लागि ठोस नीति र दृष्टिकोण बनाएर अगाडि बढन सरकारलाई सुझाव दिए ।

उनले खेलको माध्यमबाट विश्वमा जोडिने र देशको समेत गौरव बढ्ने हुँदा राज्यले खेलतर्फ बिशेष ध्यान दिन जरुरी रहेको बताए । अहमदले खेल मानव जीवनको महत्वपूर्ण अंग भएको र हरेक प्रकारका शारिरीक, मानसिक, मनोवैज्ञानिक र बौद्धिक स्यास्थ्यसँग खेलकुदले गहिरो सम्बन्ध राख्ने हुदा यसप्रति राज्य गम्भिर हुनुपर्ने बताए ।

नियमित खेल खेलिदा शारिरिक र मनोवैज्ञानिक कैशलतामा निखार आउने उनको दावी थियो । नेपालको हरेक भुभागमा खेलिने खेलहरु फुटबल, भलिबल, क्रिकेट, टेबलटेनिस, बास्केटबल बक्सिङ, कराँते आदि खेलहरु मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका मात्र नभई पहिचान र समृद्धिसँग पनि जोडिएकोले यि खेलको संरक्षण र प्रवद्र्धनमा सरकारले बिशेष जोडदिनुपर्ने अहमदको भनाई थियो ।

भेलाले फैयाज अहमदको अध्यक्षतामा २५ सदसिय समिति गठन गरेको छ । नवगठित समितीको उपाध्यक्षमा धिरज साह, अजय कुमार, सुरज राम, महेश ठाकुर, कोषाध्यक्षमा अभिषेक प्रसाद पटेल, सचिव विशेश्वर पटेल, उपसचिव रामप्रवेश कुमार पटेल रहेकाे छन् ।

यसैगरी समितिकाे सदस्यमा धनु पाण्डे,सुरज कुमार राम, अकलेश साह, बिकी कुमार राम, मंजित पटेल, अजयराम पाल, सुन्दर तुरहा, रफिक अंसारी, गुल्फान अंसारी, बिकी पटेल, सनि पटेल, बिकाश कुमार साह, अनिस अंसारी,कन्हैया गुप्ता, अनिल साह, रवि कुमार पटेल, अनिल साह चयन भएकाे नेकोसका केन्द्रिय सचिव शिवजि गुप्ताले जानकारी दिए ।

धाेबिनीमा भएकाे भेलामा एमालेका नेता वृजेश्वर चौधरी, कन्हैया द्विवेदी, सुनिल साह, विरेन्द्र साह, पन्नलाल पटेल, अजय पटेल लगायतको उपस्थिती थियो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रोहिणी नक्षत्रसँगै पर्सामा धानको बीउ राख्न सुरु, किसान अझै भारतीय बीउमै निर्भर

सेढवा । रोहिणी नक्षत्र सुरु भएसँगै पर्साका ग्रामीण भेगका किसानहरूले वर्षे धानबालीको तयारी तीव्र बनाएका छन् । किसानहरूले भदई तथा अगहनी धानअन्तर्गत सोना सारो,...

हरवाचरवा समुदायको पुनर्स्थापनाका लागि बजेट छुट्याउन सरकारलाई दबाब

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हरवाचरवा समुदायको सवाल समेटेकोमा स्वागत गर्दै मुक्त हरवाचरवा अधिकार मञ्चले यसको...

जगरनाथपुर गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाको प्रभावकारी कार्यान्वयन, लक्षित बालबालिकाको...