Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

श्रीलङ्कालाई हराउँदै भारत एसिया कप २०२३ च्याम्पियन

spot_img
spot_img

वीरगंज । भारतले श्रीलङ्कालाई १० विकेटले हराउँदै एसिया कपको उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । भारतले प्रतियोगिताको उपाधि हात पारेको यो आठौँ पटक हो ।

श्रीलङ्काले प्रस्तुत गरेको ५१ रनको झिनो लक्ष्य भारतले मात्र ६.१ ओभरमा कुनै पनि विकेट नगुमाई पछ्यायो । भारतका लागि ईशान किसनले २३ तथा शुभमन गिलले २७ रनको पारी खेले ।

यसअघि श्रीलङ्काली टोली एसिया कपको इतिहासमै सबैभन्दा कम योगफलमा समेटिएको थियो । भारतविरुद्धको फाइनलमा टस जिती पहिलो ब्याटिङको निर्णय लिएको श्रीलङ्काले १५.२ ओभरमा अलआउट हुनुअघि ५० रनमात्र बनाउन सक्यो ।

भारतका दायाँहाते तीव्र गतिका बलर मोहम्मद सिराजका अगाडि श्रीलङ्काली ब्याट्सम्यानहरू निरीह साबित भए । श्रीलङ्काका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । 

ओपनर कुशल परेरा खाता खोल्नुअघि नै पेभेलियन फर्किए । त्यसलगत्तै अर्का ओपनर पाथुम निसानका पनि दुई रन बनाउँदै आउट भए । तेस्रो विकेटका रूपमा सादिरा सामराबिक्रमा शून्य रनमै पेभेलियन फर्किए । चौथो विकेटका रूपमा चरिथा असालंका पनि शून्य रनमै आउट भए । 

यसैगरी पाँचौँ विकेटका रूपमा धनन्जय डा शिल्भा आउट भएका थिए । उनी पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् । छैटौँ विकेटका रूपमा कप्तान दासुन सानका शून्य रनमै आउट भए । सातौँ विकेटका रूपमा विकेटकिपर ब्याट्सम्यान कुशल मेन्डिस १७ रन बनाउँदै आउट भए । उनले ३४ बलको सामना गरी तीन चौका हिर्काए । उनी श्रीलङ्काका लागि दोहोरो अङ्कमा रन बनाउने एकमात्र खेलाडी हुन् । 

यसैगरी आठौँ विकेटका रूपमा दुनिथ वेल्लालागे पेभेलियन फर्किएका थिए । उनले २१ बलको सामना गरी आठ रनमात्र बनाउन सके । श्रीलङ्काले नवौँ विकेटका रूपमा प्रमोद मदुसनलाई गुमाएको थियो । उनी एक रन बनाउँदै आउट भए ।  श्रीलङ्काले अन्तिम विकेटका रूपमा माथिसा पाथिरानालाई शून्य रनमा गुमायो ।

श्रीलङ्काले एक रनमा पहिलो, आठ रनमा दोस्रो, आठ रनमै तेस्रो, आठ रनमै चौथो, १२ रनमा पाँचौँ, १२ रनमै छैटौँ, ३३ रनमा सातौँ, ४० रनमा आठौँ, ५० रनमा नवौँ र दसौँ विकेट पनि ५० रनमा गुमाएको थियो ।   

एसिया कपको इतिहासमा कुनै पनि टोलीले बनाएको सबैभन्दा कम योगफल ८७ रन हो । सन् २००० मा भएको एसिया कपमा पाकिस्तानविरुद्धको खेलमा बंगलादेशी टोली ८७ रनमा अलआउट भएको थियो । उक्त खेलमा बंगलादेश ३४.२ ओभरमा अलआउट भएको थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...