Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

रोटरी क्लबकाे आयाेजनामा निशुल्क आँखा शिविर सम्पन

spot_img
spot_img

दिपु बर्णवाल/
वीरगंज । रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसकाे आयाेजनामा शनिबार निशुल्क आँखा शिविर सम्पन भएको छ ।

बिन्दबासीनी गाँउपालिका वडा–१ श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय गर्दौल पर्सामा भएको शिविरमा ३ सय २३ जना भन्दा बढीलाई आँखा परिक्षण गरिएका थिए । सो मध्ये ७१ जनामा मोतियाबिन्दु फेला परेकाे वीरगंज आँखा तथा दाँत अस्पतालका म्यानेजर आशिफ अलिले बताए ।

शिविरमा मोतियाबिन्दु फेला परेकालाई आगामी असोज ६ गते शनिवारको दिन वीरगंज आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिने रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसका अध्यक्ष हरि गोपाल श्रेष्ठले जानकारी दिए ।

शिविरमा रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसका सचिव मुकेश मितल, बिन्दवासीनी गाँउपालिका वडा–१ का अध्यक्ष मुक्तिनाथ राउत, डा. पनालाल दास, रोटेरियन चन्दन सिंह, रोटेरियन अनिल जैसवाल, रोटेरियन शशि रंजन कलवार, रोट्रयाक्ट क्लव अफ वीरगञ्ज मेट्रोपेलिसका सह कोषाध्यक्ष आनन्द साह र वीरगंज आँखा तथा दात अस्पतालका प्राविधिकको उपस्थित थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...