Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

पत्रकारलाई धम्की दिनेलाई कारबाही गर्न फोटो पत्रकार महासंघकाे माग

spot_img
spot_img

वीरगंज । पर्साबाट सञ्चालित प्रहार डेली डटकमका सञ्चालक राहुल गुप्तालाई ज्यान मार्ने धम्की दिने जयप्रकाश भनिने रुपेश गुप्तालाई कारबाही गर्न नेपाल फोटो पत्रकार महासङ्घ पर्सा शाखाले माग गरेको छ ।

नेपाल फोटो पत्रकार महासङ्घ पर्सा शाखाका सदस्यसमेत रहेका गुप्तालाई फोन र म्यासेज मार्फत गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिने बाराको परवानीपुर गाउँपालिका – ५ का वडाध्यक्ष रामेश्वर साह कलवारका जेठा छोरा रुपेशलाई कारबाही गर्न महासङ्घले माग गरेको हो ।

महासङ्घका सचिव श्रवण प्रसाद साहले बुधवार एउटा विज्ञप्ति जारी गर्दै समाचार लेखेको निहुँमा पत्रकार गुप्तालाई रुपेशले सामाजिक सञ्जाल र फोन मार्फत डर, धम्की र नानाथरिका गालीगलौज गर्दै ज्यान मार्ने सम्मको धम्की दिएको घटनाप्रति नेपाल फोटो पत्रकार पर्सा शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्ति मार्फत उनले गालीगलौच गर्दै धम्की दिएको घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही अगाडि बढाउन स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग माग गर्दै पत्रकार गुप्ता सुरक्षाप्रति संवेदनशील हुन् पनि माग गरेका छन् । ‘घटनामा संलग्नहरूमाथि आवश्यक कारबाही र पत्रकार गुप्ताको सुरक्षाप्रति संवेदनशील बन्न स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई आग्रह छ,’ विज्ञप्ति लेखिएको छ ।

समाचारप्रति असहमति भएको खण्डमा त्यसविरुद्ध कानुनी उपचार खोज्ने प्रावधान हुँदाहुँदै समाचार लेखेकै कारण पत्रकारमाथि गालीगलौज गर्नु अपशब्द प्रयोग गर्ने र ज्यान मार्ने सम्मको धम्की दिएको घटना लोकतान्त्रिक शासन व्यवस्था र प्रेस स्वतन्त्रता विरोधी कार्य भएको महासङ्घको ठम्याइ छ । पत्रकारलाई स्वतन्त्रतापूर्वक भयरहित र सुरक्षित रूपमा कलम चलाउने वातावरणमाथि कुनै पनि आँच आउने गतिविधिहरू नगर्न र प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्न महासङ्घले अपिल पनि गरेको छ । 

आफ्ना पिताका विरुद्ध समाचार लेखेको भन्दै परवानीपुर – ५ का वडाध्यक्ष रामेश्वर साह कलवारको छोरा रुपेशले गुप्तालाई मङ्गलवार सामाजिक सञ्जाल, सन्देश र फोन मार्फत गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...