Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

एकै दिन भेडिहारीकाे ३ ठाउँमा झन्डा मेला

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीमा एकै दिन तीन ठाउँमा झन्डा मेला  लागेकाे छ । साविक गाविस भेडिहारीको वडा नम्बर ३, ५ र ६ मा गरी ३ ठाउँमा लागेको हो ।

सयाैं बर्ष पहिलादेखि एक ठाउँमा लाग्दै आएकाे मेला केही बर्षदेखि पार्टीका कारण दुई ठाउँमा लाग्दै आएकाे थियाे । तर यस बर्षदेखि दुई ठाउँबाट तीन ठाउँमा मेला लागेकाे हाे । पार्टी कै कारण दुई ठाउँबाट तीन ठाउँमा मेला लागेकाे स्थानियहरुले वताएका छन् ।

प्रत्येक बर्ष जन्माष्टमीकाे साताैं दिन लाग्दै आएकाे मेला यब र्ष पनि सम्पन्न भएकाे वडाध्यक्ष साेनाला प्रसाद चाैरसियाले वताए । बिभिन्न प्रकारका खेलतामसा, कुश्ती, नाचगान, लटठी जुदाई सहित मेला सम्पन भएको वडाध्यक्ष चौरसियाले बताए ।

धार्मिक परम्परा अनुसार अष्टमीको छैठो दिनको भोली पल्ट महाबिर जीको पुजाआर्जा गरी गाउँका युवाहरु ढोलतासा सहित गाउँपरिक्रमा गरी गाउँको ब्रम्हस्थान र देवीदेवताहरुको परिक्रमा गर्दै मेलास्थलमा जाने परम्परा छ ।

 स्थानियका अनुसार धार्मिक रुपमा मेलाकाे महत्व भएपनि स्थानिय अगुवा वा नेताहरु यसलाई राजनिती रुपमा परिणत गरी गाउँका सोझा साझा सर्वसाधारणलाई लडाउने नियतले बिशलेषण गर्ने गर्छन र पार्टीगत रुप लिन्छ । एक ठाउँबाट तीन ठाउँमा लागेकाे मेला अगामी बर्ष ४ स्थानमा पनि लाग्न सक्ने अनुमान गरिएकाे छ ।

जति वटा पार्टी सक्रिय छन त्यति नै मेलाको स्थान हुन सक्ने स्थानियहरु भनाई छ । मेला राजनीतिक दलका अगुवाहरु आफ्नाे शक्तिकाे रुपमा प्रदर्शन गर्ने गरेका छन् ।

तीनटै मेलामा शान्ति सुरक्षाकाे लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीका खटाइएकाे थियाे । तीनटै मेला शान्ति पुर्ण रुपमा सम्पन भएको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक मोहन बिक्रम केसीले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...