Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

नेकपा एसका केन्द्रिय सदस्य काेइराला आजपा प्रबेश

spot_img
spot_img

विराटनगर । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य भानुभक्त कोईराला आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । कोईरालालाई आजपा अध्यक्ष प्रभु साहले पार्टीमा स्वागत गरेका हुन् ।

विराटनगरमा भएकाे आजपाको कोशी प्रदेश स्तरीय बैठकको अवसरमा कोईराला एकीकृत समाजवादी पार्टी परित्याग गरी आजपामा प्रवेश गरेकाे आजपाले जनाएकाे छ । आजपा प्रवेश गर्दै कोईरालाले मुलुकको शासन व्यवस्थामा आम जनताको नेतृत्व हुनुपर्ने र समृद्ध मुलुक निर्माणका लागि आजपा नै उपयुक्त पार्टी भएको बताए ।

उनले भने ‘मुलुकलाई समृद्ध बनाउँन अहिलेका राजनीतिक दल र नेताहरु असफल भइसकेका छन् । शासन व्यवस्थामा आम जनताको नेतृत्व हुनुपर्छ, त्यसका लागि आजपा नै उपयुक्त पार्टी हो । प्रभु साहजीको नेतृत्वमा समृद्ध मुलुक निर्माण गर्न हामी एकजुट भएर अगाडी बढनुको बिकल्प छैन्, त्यसैले म आजपा पार्टीमा प्रवेश गरेको छु । आजपाले नै समृद्ध मुलुक निर्माण गर्न सक्छ भन्ने मेरो विश्वास छ’ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...