Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

नेकपा एसका केन्द्रिय सदस्य काेइराला आजपा प्रबेश

spot_img
spot_img

विराटनगर । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य भानुभक्त कोईराला आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । कोईरालालाई आजपा अध्यक्ष प्रभु साहले पार्टीमा स्वागत गरेका हुन् ।

विराटनगरमा भएकाे आजपाको कोशी प्रदेश स्तरीय बैठकको अवसरमा कोईराला एकीकृत समाजवादी पार्टी परित्याग गरी आजपामा प्रवेश गरेकाे आजपाले जनाएकाे छ । आजपा प्रवेश गर्दै कोईरालाले मुलुकको शासन व्यवस्थामा आम जनताको नेतृत्व हुनुपर्ने र समृद्ध मुलुक निर्माणका लागि आजपा नै उपयुक्त पार्टी भएको बताए ।

उनले भने ‘मुलुकलाई समृद्ध बनाउँन अहिलेका राजनीतिक दल र नेताहरु असफल भइसकेका छन् । शासन व्यवस्थामा आम जनताको नेतृत्व हुनुपर्छ, त्यसका लागि आजपा नै उपयुक्त पार्टी हो । प्रभु साहजीको नेतृत्वमा समृद्ध मुलुक निर्माण गर्न हामी एकजुट भएर अगाडी बढनुको बिकल्प छैन्, त्यसैले म आजपा पार्टीमा प्रवेश गरेको छु । आजपाले नै समृद्ध मुलुक निर्माण गर्न सक्छ भन्ने मेरो विश्वास छ’ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...