Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

ड्राईपोर्टमा दुई महिलासहित ८८ जनाद्वारा रक्तदान

spot_img
spot_img

आनन्द पटेल/
परवानीपुर ।  पर्साको वीरगंज महानगरालिका वडा नं. २५ ड्राईपोर्ट चौकमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा दुई महिलासहित ८८ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजले जनाएकाे छ ।

न्यू राव इन्टरप्राइजेजको आयोजनामा भएकाे काकार्यक्रममा सुनील पटेल, सन्दिप पटेल, धीरज सिंह, सुरज सिंह, रोशन सिंह, सर्मिला केसी, सुशीला कुमारी, राम सिंह, अनिल पटेल, सुनेश पटेल लगायतले रक्तदान गरेका हुन् । 

कार्यक्रमका प्रमुख अतिथी सशस्त्र प्रहरी १३ नम्बर गण, पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक योगेशचन्द्र बरालले रगतको पोका दिएर कार्यक्रमको उद्घा६न गरेका थिए । कार्यक्रममा वाेल्दै उनले सब भन्दा ठूलाे दान रक्तदान भएकाे वताउँदै न्यू राव इन्टरपराइजेले रक्तदान जस्ताे कार्यक्रम आयाेजना गरेकाेमा धन्यवाद समेत दिए ।

 कार्यक्रममा रोशन सिंहले पहिलो चोटी रक्तदान गरिसकेपछि भने ” सुरु सुरुमा अलि डर लागिरहेको थियो तर अहिले निक्कै राम्रो महसुस भएको हुनाले अब प्रत्येक तीन महिनामा रक्तदान गर्ने छुं ।”

आयोजक संस्थाका अध्यक्ष राम सिंहले आफू १९ औ पटक रक्तदान गरिसकेको र अगाडी पनि रक्तदान गरिरहने वताए । साथै संस्थाको यो दोस्रो पटक कार्यक्रम भएको र रक्तदान कार्यक्रमलाई निरन्तर रूपमा अगाडि बढाउँदै जाने आफ्नो सोच रहेको उनले बताए ।

नेपाल रेडक्रस रक्त संचार केन्द्रकाे प्राविधिक सहयाेगमा रक्तदान कार्यक्रम भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...