Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

आपत्कालकाे समयमा ज्यान जोगाउन सिपीआर महत्त्वपूर्ण

spot_img
spot_img

वीरगंज । भारतका प्रसिद्ध चिकित्सकहरूले वीरगंजमा कार्डियोपल्मोनरी रिसस्सिटेसन (सिपीआर) सम्बन्धी अभिमुखीकरण गरेका छन् ।

छिमेकी राष्ट्र भारतको विहार राज्यको केन्द्र पटना सहरस्थित जयप्रभा मेदान्ता सुपर स्पेस्यालिटी हस्पिटलका वरिष्ठ मुटुरोग विशेषज्ञ तथा क्लिनिकल कार्डियोलोजी एन्ड रिसर्च हार्ट इन्स्टिच्युट पटनाका निर्देशक डा. अजय सिन्हाले वीरगंजमा सिपीआर सम्बन्धी अभिमुखीकरण गरेका हुन् ।

अस्पतालसँगको सहकार्यमा नेपाल युवा उद्यमी मञ्च (एनवाइईएफ) वीरगंजले शनिवार यहाँस्थित दियालो लर्ड्स प्लाजा होटेलमा आयोजना गरेको कार्यक्रममा विभिन्न सङ्घ संस्थाबाट आमन्त्रित प्रतिनिधिलाई डा. सिन्हा र उनीसँगै आएको विशेषज्ञ चिकित्सकहरूको समूहले सिपीआर सम्बन्धी सैद्धान्तिक जानकारी गराउनुका साथै डम्मीको सहयोगले सीपीआर गर्ने तरिकाका बारेमा प्रशिक्षण गरेका थिए ।

कुनै कारण वा रोगले गर्दा अचानक मुटु चल्न बन्द भए बाहिरबाट मुटु थिचेर रगत पम्प गराउनका लागि आपत्कालमा गरिने उपायलाई सिपीआर भनिने डा. सिन्हाले बताए । मानिसको मस्तिष्कमा पर्याप्त मात्रामा रगत र अक्सिजन नपुगेको खण्डमा आपत्कालका लागि सिपीआरले मुटुको सञ्चालन गर्नुका साथै आंशिक रूपमा मस्तिष्कसम्म रगत र अक्सिजन पुर्‍याउने काम गर्ने गरेको उनले बताए ।

उनले भने, ‘मस्तिष्कमा चार मिनेटसम्म रगत नपुग्दा त्यसका कोषहरू मर्न थाल्छन् र सात मिनेटसम्म पनि नपुगेमा पूर्णरूपमा मारेर मान्छेको ज्यान समेत जान सक्छ । त्यसैले मस्तिष्कलाई बचाइराख्न र मुटुको चाल ठिक गर्न सिपीआर गरिन्छ ।’

आपत्कालको समयमा कुनै पनि व्यक्तिको ज्यान जोगाउन सिपीआर महत्त्वपूर्ण रहेको भन्दै डा. सिन्हाले प्रत्येक व्यक्तिलाई यसको बारेमा प्रशिक्षण दिन आवश्यक रहेको बताए । सिपीआर गर्न जाने बर्सेनि हजारौँ व्यक्तिलाई मृत्युको मुखबाट जोगाउन सकिने उनको भनाई थियो ।

कार्यक्रममा नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा. नीरज सिंह र डा. श्याम सुन्दर दासले पछिल्लो समय बढ्दै गएको डेङ्गी सङ्क्रमणबाट जोगिने उपाय र लागी हाले उपचारको प्रक्रिया बारेमा जानकारी गराएका थिए । 
 
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका पूर्व अध्यक्ष गणेश प्रसाद लाठ, नेपाल मेडिकल एसोसीएससन नारायणी क्षेत्रका प्रमुख डा. मनोज गुप्ता, मस्कुलोस्केलेटल डिसअर्डर र अर्थोपेडिक्स संस्थान पटनाका निर्देशक तथा वरिष्ठ परामर्शदाता डा. सन्तोषकुमार सिंह, सीटीभीएस कार्डियाक सर्जरी हार्ट इन्स्टिच्युट पटनाका निर्देशक डा. सञ्जय कुमार, न्युरोसर्जन इन्स्टिच्युट एन्ड न्युरोसाइन्सेस पटनाका निर्देशक तथा विभाग प्रमुख डा. मुकुन्द प्रसाद र मेडिकल एन्ड हेमाटो अनकोलोजी क्यान्सर इन्स्टिच्युट पटनाका डा. अमरेन्द्र अमर लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

एनवाइईएफ वीरगंजका अध्यक्ष सन्दीप अग्रवालको सभापतित्वमा भएको कार्यक्रममा जयप्रभा मेदान्ता सुपर स्पेस्यालिटी हस्पिटल र एनवाइईएफ, वीरगंज साइकीलिङ क्लब, राउण्ड टेबल नेपाल, वुमन्स क्रिएसन र फोर जी आर समूह बिच छुट सम्बन्धी सम्झौता पनि भएको थियो । सम्झौता गरेका संस्थाका सदस्यहरूले अस्पतालमा उपचार गराउँदा विशेष छुट प्राप्त गर्ने छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...