Date
शनि, भदौ ६, २०८३
Sat, August 22, 2026

राष्ट्रिय सहारा दैनिककाे २० औं बार्षिकाेत्स सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंजबाट प्रकाशित राष्ट्रिय सहारा दैनिक पत्रिकाको २० औं वार्षिकाेत्सवकाे अवसरमा साना लगानीका संचार माध्यमहरुकाे प्रवर्द्धनमा स्थानिय सरकारकाे भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा वाेल्ने वक्ताहरुले साना लगानीका संचार माध्यमकाे प्रवर्द्धन जरुरी रहेकाे वताएका छन् । साना लगानीका स‌ंचार माध्यम प्रवर्द्धनमा स्थानिय सरकारकाे भुमिका महत्वपूर्ण रहेकाे वताउँदै सबै स्थानिय तहकाे अधिकार प्रयाेग गरेर संरक्षण तथा प्रवर्द्धन गर्नु पर्ने वताए ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठले सरकारले पत्रकार र संचारमाध्यमकाे प्रवर्द्धनमा लगानी गर्न जरुरी रहेकाे बताए । उनले स्थानिय तहले स्थानिय संचारमाध्यमकाे प्रवर्द्धनमा ठाेस निति बनाएर सहयाेग गर्नु पर्ने वताए ।

उनले भने “स्थानिय निकायले स्थानिय संचारमाध्यमलाई विज्ञापन दिनु पर्छ, जिल्ला मै नआउने पत्रिकालाई विज्ञान र सूचना दिनु गलत हाे । कुनै पनि बहानामा त्यस्ताे हुनु हुँदैन ।” 

बारा क्षेत्र नं. ४ बाट निर्वाचित संघिय सांसद श्रेष्ठले मधेशकाे विकास बेगर नेपाल समृद्ध हुन नसक्ने धारणा राखे । उनले भने “यदि नेपाललाई समृद्ध बनाउनु छ भने मधेशकाे बिकाश हुनु आवश्यक छ ।”

सांसद श्रेष्ठले पत्रिका सह सम्पादक स्व. नरेश सर्राफकाे नाममा पत्रिकाले स्थापना गर्ने काेषमा आफ्नाे एक महिनाकाे तलब सहयाेग गर्ने घाेषणा समेत गरे । 

कार्यक्रममा पूर्व मन्त्री एवम् प्रदेश सभा सदस्य जितेन्द्र सोनलले पत्रिका लामो उतारचढावका बीच २० बर्ष पुरा गरि २१ बर्षमा प्रबेश गरेकाे बधाई तथा शुभकामना दिदै पत्रिकालाई निष्पक्ष र लोकतन्त्रको मार्यादालाई बुझेर अगाडी बढनु पर्ने सुझाव दिए ।

उनले विभिन्न आन्दाेलन स्थानिय संचार माध्यमले पुर्याएकाे याेगदानकाे स्मरण गर्दै प्राप्त उपलब्धि संस्थागत गर्न पनि कलम चलाउन जरुरी रहेकाे वताए ।

पत्रिकाका सञ्चालक चन्द्रभूषण साहको अध्यक्षतामा भएको  कार्यक्रममा वीरगंज महानगरपालिकाका उप मेयर इम्तियाज आलम, बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेली, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहान, केन्द्रिय सदस्य केसी लामिछाने, नेकपा एमाले पर्साका संयाेजक डा. बिश्वभर शर्मा, नेकपा एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगाेपाल थापा, वीरगंज महानगर अध्यक्ष मनाेज चाैधरी, जनमत पार्टी पर्साका संयाेजक ओमप्रकाश सर्राफ, नेकपा माओवादी केन्द्रका प्रतिनिधि अमिताभ बचन दास, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, नेपाल प्रेस युनियनका सचिव अशाेक तिवारी, समाजवादी प्रेस संगठन नेपालका सचिव एवम् पत्रिकाका सम्पादक बृजलाल पासवान, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य निरज पिठाकाेटे मगर, पर्सा अध्यक्ष दिपक गाैतम, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनाेज पटेल लगायतकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रम संचालन पत्रकार शम्भु कुमार सुमनले गरेका थिए ।

कार्यक्रममा केही समय पहिला अल्पायु मै निधन भएका पत्रिकाका सह सम्पादक स्व. नरेश सर्राफ प्रति एक मिनेट माैन धारण गर्नुकाे साथै उनकाे तस्बिरमा माल्यार्पण समेत गरिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...

नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टको व्यावसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण

वीरगंज । नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टहरूलाई पेशागत जीवनमा प्रवेश गर्न आवश्यक ज्ञान, सीप, मार्गदर्शन तथा करियर विकाससम्बन्धी अभिमुखीकरण प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको “Professional...

गरिमा हत्या प्रकरणमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेकपा पर्साको माग

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) पर्सा जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै दोषीलाई...