Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

वीरगंजमा सरकार विरुद्ध तरुण दलकाे प्रदर्शन

spot_img
spot_img
वीरगंज । सत्तारुढ दल नेपाली कांग्रेस निकटका तरुण दलले शुक्रबार सरकार विरुद्ध प्रदर्शन गरेकाे छ ।
 
कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएकाे सांघातिक आक्रमणका विरुद्ध कांग्रेसकाे भातृ संगठन नेपाल तरुण दल पर्साका नेता कार्यकर्ताहरुले बिहीबार साँझ घण्टाघर चाेकमा प्रदर्शन गर्दै सरकार र गृहमन्त्री नारायणकाजी श्रेष्ठकाे विराेधमा नाराबाजी गरेका हुन् ।
 
प्रदर्शनमा सहभागी तरुण दलका नेता कार्यकर्ताहरुले नालायक सरकार मुर्दावादा, हत्यारा सरकार मुर्दावाद, गृहमन्त्री राजिनामा दे लगायतका नारा लगाएका थिए । नाराबाजीपछि आयाेजित काेण सभामा बाेल्दै कांग्रेस पर्साका सहसचिव नविन सिंहले कांग्रेस नेता यादमाथि भएकाे सांघातिक आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न सरकारसंग माग गरे ।
 
उनले लाेकतन्त्र र गणतन्त्रका विराेधी शक्तिहरु कांग्रेसलाई तर्साउने हर्कतमा लागेकाे भएपनि कांग्रेस त्यसबाट कदापि नडराउने बताए । त्यस्ता अराजक र अपराधीक तत्वहरुलाई सरकारले कारबाही नगरे कांग्रेसले देशैभर आन्दाेलन चर्काउने चेतावनीसमेत उनले दिए ।
 
तरुण दल पर्साका अध्यक्ष विकास तिवारीकाे अध्यक्षतामा भएकाे प्रदर्शनमा नेवि संघका केन्द्रीय सदस्य मुनराज तिवारी, नेहा मिश्रा, तरुण दलका नेता कालु सिंह, कांग्रेस क्षेत्रीय सचिव रन्जित कुमार पटेल, युवा नेता शेष हजरा लगायतको सहभागीता रहेकाे थियाे ।
 
यस अघि कांग्रेस निकट कै विद्यार्थी संगठन नेपाल विद्यार्थी (नेवि) संघ पर्साले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ । बिहीबार पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाउँदै नेविसङ्घ पर्साले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेको हो ।
 

काठमाडौँमा बुधवार दिनदहाडै काङ्ग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरी ज्यान लिने प्रयास गरिएकोले देशमा शान्ति सुरक्षा कायम गर्न गृहमन्त्री श्रेष्ठ असफल भएकाले श्रेष्ठले अविलम्ब राजीनामा दिनुपर्ने माग नेविसङ्घको छ ।

नेविसंघ पर्साका सभापति रमेश यादवले पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीलाई बुझाएको ज्ञापनत्रमा गृहमन्त्री श्रेष्ठले अपराधी र तस्करलाई संरक्षण गरेको, श्रेष्ठको कार्यकालमा  लोकतन्त्रका लागि लडेका नेताहरूको ज्यानै लिने गरी आक्रमण भइरहेको, मुलुकमा शान्ति–सुरक्षा र अमयन चयन कायम गर्न श्रेष्ठ असफल भएकाले नैतिकताका आधारमा श्रेष्ठले गृहमन्त्रीबाट राजीनामा दिनुपर्ने उल्लेख छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...