Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

रेडक्रस दिवसमा वीरगंजमा नि:शुल्क स्वास्थ्य परिक्षण शिविर

spot_img
spot_img

वीरगंज । नेपाल रेडक्रसकाे ६१ औं दिवसकाे अवसरमा मंगलबार वीरगंजमा निशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएकाे छ । दिवसकाे अवसरमा रेडक्रस माइस्थान उपशाखाकाे आयाेजना वीरगंजकाे घडिअर्वास्थि गिता मन्दिर परिसरमा भएकाे स्वास्थ्य परिक्षण र मधुमेह रोग परिक्षण शिविर सम्पन्न भएकाे रेडक्रस पर्साका राजन श्रीवास्तवले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी माइस्थान उपशाखाका सभापति मदन प्रसाद गुप्ताको सभापतित्वमा भएको शबिरकाे रेडक्रस मधेस प्रदेसका अध्यक्ष फुलमहम्मद मियाँ र रेडक्रस पर्सा शाखाका सभापति बिरेन्द्र राज कंडेलले संयुक्त रुपमा उदघाटन गरेका थिए ।

शिविरमा सहभागिहरु स्वास्थ्य परिक्षण बरिष्ट चिकित्सक डा. प्रमोद सरार्फ, डा. निरज सिंह, डा. दिप्ती यादव र डा. सागर सरार्फले गरेका थिए । 

शिविरमा रेडक्रसका शैलेन्द्र कुमार चौरासीया, साबिर अहम्मद एराज, दिनानाथ रौनियार, दयाशन्कर सिह, काशी प्रसाद साह, संतोष गुप्ता, उमेस गुप्ता, संतोषज ज्यासवाल, ओमप्रकाश जैसवाल, मधुसूदन उपाध्याय, उतमा प्याकुरेल, बिरशम्सेर प्रसाद कुर्मी, बिक्की सरार्फ, ओम गुप्ता, प्रमोद गुप्ता, सिवजी साह लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमकाे संचालन राजन श्रीवास्तवले गर्नु भएको थियो ।

यसैगरी ६१ औ नेपाल रेडक्रस दिवसको अवसर मै दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएकाे छ । रेडक्रस माइस्थान उपशाखा कै आयाेजनामा मंगलबार सांझ वीरगंजकाे माइस्थानस्थित गिता मन्दिर परिसरमा दीप प्रज्वलन गरिएकाे हाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...