Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

साहिब दरबारकाे आयाेजनामा निशुल्क आँखा शिविर

spot_img
spot_img

वीरगंज । वीरगंजकाे विर्तास्थित त्रिजुद्ध माविमा ५ दिने नि:शुल्क आँखा तथा दाँत परीक्षण शिविर सुरु भएको छ । वीरगंज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग र साहिब दरबारको आयोजनामा आइतबारदेखि ५ दिने शिविर सुरु भएको हो ।

विद्यार्थी संख्या धेरै भएको हुँदा पढाई प्रभावित नहुने गरी ५ दिनसम्म सबै विद्यार्थीको आँखा तथा दाँत जाँच गर्ने गरी शिविरको आयोजना गरिएको साहिब दरबारका अध्यक्ष उमेशलाल सहनीले बताए ।

शिविरमा विद्यार्थीहरुको आँखा तथा दाँतको परीक्षण गरिने वीरगंज सामुदायिक आँखा अस्पतालका व्यवस्थापक प्रेम घिमिरेले जानकारी दिए । शिविरमा अस्पतालका नेत्र विशेषज्ञ प्रभात चौरसिया नेतृत्वको टोलीले विद्यार्थीहरुको आँखा जाँच गरीरहेको छ ।

शिविरमा आँखाको समस्या देखिएकाहरुलाई नि:शुल्क रुपमा औषधि समेत वितरण गरिएको घिमिरेले जानकारी दिए ।

पछिल्लो समयमा आँखा पाक्ने रोग फैलिएपछि विद्यालयमै शिविरको आयोजना गरेर सबै विद्यार्थीको नि:शुल्क जाँच गर्ने व्यवस्था मिलाइएको विद्यालयका प्रधानाध्यापक नविन मिश्राले बताए ।

साहिब दरबारले यसअघि वीरगंजकाे अन्य विद्यालयमा पनि आँखा तथा दाँत शिविर सम्पन्न गरीसकेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...