Date
शनि, भदौ २०, २०८३
Sat, September 5, 2026

ठोरीमा आतंक मच्चाएकाे पाटे बाघ नियन्त्रणमा

spot_img
spot_img
वीरगंज । पर्साको ठोरीमा आतंक मच्चाईरहेको पाटे बाघलाई नियन्त्रणमा लिइएको छ । ठोरीको बाघामोर्चा छघरेलगायत ठाउँमा बाघले आक्रमण गरी पशु चौपाया मार्ने र मान्छेहरुलाई त्रसित बनाएको थियो ।
 
शनिबार बिहान १० बजेको समयमा उक्त बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज र भारतीय प्राविधिक टोलीले बेहोसीको सुई हान्नेर नियन्त्रणमा लिएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.अशोक रामले जनाए ।
 
गत बुधबार दिउँसो २:४० काे समयमा गोरुलाई पानी दिन जाँदा गोठमा बाघले गोरुलाई आक्रमण गर्दा सो गोरुलाई बचाउन खोज्दा बाघको आक्रमणमा परी ठोरी गाउँपालिका वडा नं. ५ छघरेका ४५ बर्षिय कान्छा दोङ्गको मृत्यु भएको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

अबुजा/एपी । ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा रहेका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ । मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा...

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित सबै सरोकार भएका निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभएको...

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ । चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा स्कुटर र मिनी ट्रक एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । गएराति टाँडीबाट भरतपुरतर्फ...