Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

ठोरीमा आतंक मच्चाएकाे पाटे बाघ नियन्त्रणमा

spot_img
spot_img
वीरगंज । पर्साको ठोरीमा आतंक मच्चाईरहेको पाटे बाघलाई नियन्त्रणमा लिइएको छ । ठोरीको बाघामोर्चा छघरेलगायत ठाउँमा बाघले आक्रमण गरी पशु चौपाया मार्ने र मान्छेहरुलाई त्रसित बनाएको थियो ।
 
शनिबार बिहान १० बजेको समयमा उक्त बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज र भारतीय प्राविधिक टोलीले बेहोसीको सुई हान्नेर नियन्त्रणमा लिएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.अशोक रामले जनाए ।
 
गत बुधबार दिउँसो २:४० काे समयमा गोरुलाई पानी दिन जाँदा गोठमा बाघले गोरुलाई आक्रमण गर्दा सो गोरुलाई बचाउन खोज्दा बाघको आक्रमणमा परी ठोरी गाउँपालिका वडा नं. ५ छघरेका ४५ बर्षिय कान्छा दोङ्गको मृत्यु भएको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...