Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

वीरगंज संजालकाे बार्षिकाेत्सव तथा सम्मान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । वीरगंज संजालकाे पांचाै बार्षिकाेत्सव शनिबार सम्पन्न भएकाे छ । युवाहरुको संजालद्वारा संचालित वीरगंज संजाल डट कमको पाँचाै बार्षिकाेत्सव, वीरगंज संजाल सप्ताहिक पत्रिकाको दोश्रो तथा संजाल राष्ट्रिय दैनिकको पहिलो वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीले अहिलेका युवा पत्रकार तस्करी र भन्सारका समाचारमा मात्र केन्द्रित रहेको भन्दै त्यसलाई सच्चिन आग्रह गरे । उनले केही पत्रकारको उदहारण दिदै दुई वर्षको फेसबुक पेज पल्ट्याएर हेर्दा उनको सेयरमा तस्करी बाहेकका अन्य समाचार नै हेर्न नमिल्ने कुरा औल्याए ।

लेखन सुधार गर्दै समाजमा रहेका विकृति, भ्रष्टचारका निम्ति कलम चलाउन आजको युवा पत्रकारको आवश्यकता रहेको वताउँदै अध्यक्ष तिवारीले अबका पत्रकारलाई लेखन सँगसँगै भिडियो सामाग्री समेत उत्पादन गर्न तर्फ केन्द्रित हुन आवश्यक रहेको वताए ।

वीरगंज संजालका संचालक कृष्ण श्रीवास्तवको अध्यक्षतामा भएकाे कार्यक्रममा वीरगंज संजाल पत्रिकाका सम्पादक आर.सी. यादव, संजाल राष्ट्रिय दैनिकका सम्पादक एस.के. पण्डित, सह–सम्पादक रन्जित यादव लगायत रौतहट समाचारदाता कुमार चन्दन, बारा जिल्ला सम्वादता सिकिन्द्र साह, ग्रामिण सम्वादाता राजन बानिया, भिडियो सामाग्री उत्पादन गर्ने उपेन्द्र साह, श्रृती साह, राज पासवान, फोटो पत्रकार विजय ठाकुर, समाचार संवादता तथा प्रविधिक रामनिवास पटेललाई सम्मान गरिएको थियो ।

नेपाल पत्रकार महासंघ पर्साका सभाहलमा भएकाे कार्यक्रममा स्वागत मन्तव्य तथा संचालन वीरगंज संजालका संयोजक नरेन्द्र कुमारले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...