Date
शनि, जेष्ठ २३, २०८३
Sat, June 6, 2026

जगरनाथपुरमा एमालेकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा शनिबार नेकपा एमालेकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ । नेकपा एमाले जगरनाथपुर गाउँपालिका अध्यक्ष तबरेज अन्सारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरि एक दर्जन भन्दा बढीले एमाले प्रबेश गरेकाे एमाले मधेश प्रदेश कमिटीका सदस्य सलाउदीन अहमदले जानकारी दिए ।

कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरि कन्हैया द्विबेदी, राजदेव राउत कुर्मी, असर्फी राम, भिखारी राम, जनफ राम, अब्दुल हकिम, बलिराम साह रौनियार, असरफ मियाँ, रुकसान खा, प्रमोद राम, छोटेलाल राम, काबली देवान, प्रमोद देवान, बासदेव राम लगायतले एमाले प्रबेश गरेकाे उनले वताए ।

एमाले प्रदेश कमिटी सदस्य जालिम मियाँ मन्सुरीकाे प्रमुख आतिथ्यतामा भएकाे पार्टी प्रबेश कार्यक्रममा एमालेका नेता बिरेन्द्र प्रसाद यादव, सलाउदिन अहमद, कृष्णमोहन प्रसाद यादव, दिपेन्द्र चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन मदिश गद्दीले गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रोहिणी नक्षत्रसँगै पर्सामा धानको बीउ राख्न सुरु, किसान अझै भारतीय बीउमै निर्भर

सेढवा । रोहिणी नक्षत्र सुरु भएसँगै पर्साका ग्रामीण भेगका किसानहरूले वर्षे धानबालीको तयारी तीव्र बनाएका छन् । किसानहरूले भदई तथा अगहनी धानअन्तर्गत सोना सारो,...

हरवाचरवा समुदायको पुनर्स्थापनाका लागि बजेट छुट्याउन सरकारलाई दबाब

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हरवाचरवा समुदायको सवाल समेटेकोमा स्वागत गर्दै मुक्त हरवाचरवा अधिकार मञ्चले यसको...

जगरनाथपुर गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाको प्रभावकारी कार्यान्वयन, लक्षित बालबालिकाको...