Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

जगरनाथपुरमा एमालेकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा शनिबार नेकपा एमालेकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ । नेकपा एमाले जगरनाथपुर गाउँपालिका अध्यक्ष तबरेज अन्सारीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरि एक दर्जन भन्दा बढीले एमाले प्रबेश गरेकाे एमाले मधेश प्रदेश कमिटीका सदस्य सलाउदीन अहमदले जानकारी दिए ।

कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरि कन्हैया द्विबेदी, राजदेव राउत कुर्मी, असर्फी राम, भिखारी राम, जनफ राम, अब्दुल हकिम, बलिराम साह रौनियार, असरफ मियाँ, रुकसान खा, प्रमोद राम, छोटेलाल राम, काबली देवान, प्रमोद देवान, बासदेव राम लगायतले एमाले प्रबेश गरेकाे उनले वताए ।

एमाले प्रदेश कमिटी सदस्य जालिम मियाँ मन्सुरीकाे प्रमुख आतिथ्यतामा भएकाे पार्टी प्रबेश कार्यक्रममा एमालेका नेता बिरेन्द्र प्रसाद यादव, सलाउदिन अहमद, कृष्णमोहन प्रसाद यादव, दिपेन्द्र चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन मदिश गद्दीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...